Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा प्रहरी–स्कुल संपर्क कार्यक्रम संचालन (फोटोहरु)

Published on 7:04:00 PM //



जनार्दन घिमिरे
जिल्ला प्रहरी कार्यालय गुल्मी र रेसुङ्गा सामुदायीक प्रहरी सेवा समाजको संयुक्त आयोजनामा आजदेखि गुल्मी जिल्लाका माध्यमिक तहसम्मका विद्यालयहरुमा प्रहरी स्कुल सम्पर्क कार्यक्रम शुरु गरिएको छ । विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई सुरक्षा चेतना, दुर्व्यासनी मुक्त, ट्राफिक नियम, व्यक्तिगत सुरक्षा लगायत विविध विषयहरुमा जानकारी गराउने उद्देश्यले विद्यालयहरुमा उक्त कार्यक्रम संचालन गरिएको हो । जिल्ला विकास समिति गुल्मीको आर्थिक सहयोगमा संचालीत उक्त कार्यक्रममा जिल्लाका विभिन्न माध्यमिक तहसम्मका १८ हजार भन्दा वढी विद्यार्थीहरुलाई त्यसको वारेमा जानकारी गराउने लक्ष राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक राजकुमार वैदवारले वताउनु भएको छ । आजदेखि औपचारिक रुपमा सदरमुकाम स्थित महेन्द्र उच्च माध्यमिक विद्यालयवाट उक्त कार्यक्रम शुरु गरिएको हो । 
जिल्लामा एक महिनासम्म संचालन हुने उक्त कार्यक्रमलाई प्रहरीले आफुलाई पायक पर्ने विद्यालयसम्म पुगि प्रहरीको काम कर्तव्य, अपराध नियन्त्रण, समाजमा शान्ति शुरक्षा कायम, सडक दूर्घटना, विद्यालयमा हुने सामाजिक विकृति न्यूनिकरण, मादक पदार्थ सेवन विरुद्ध अभियान संचालन लगायतका विषयहरुमा प्रशिक्षण दिने वताईएको छ । महेन्द्र उच्च माविका प्राचार्य केशर वहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रहरी नायव उपरिक्षक राजकुमार वैदवारले कार्यमको उद्देश्य र यसको उपयोगिताको वारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले विद्यालयहरुले आफै आयोजना गरेर विद्यार्थीहरुलाई जानकारी गराउनु पर्ने अवस्थामा प्रहरीले यसरी विद्यालयहरुलाई सहयोग गरेर विद्यार्थीहरुलाई थप चेतना जगाउने कामको शुरुवात गरेको भन्दै सरहाना व्यक्त गर्नु भएको थियो । 
कार्यक्रममा जिल्ला विकास समितिका कार्यक्रमा अधिकृत शंकरप्रसाद गौतम,रेसुङ्गा प्रहरी सेवा समाजका ताराप्रसाद भुसाल लगायतले कार्यक्रमको प्रभावकारीताको वारेमो जानकारी गराउनु भएको थियो । कार्यक्रममा जिल्ला स्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि,महिला अधिकारकर्मि, विभिन्न संघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मि, संचारकर्मि तथा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका थप तस्बिरहरु:




भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग