Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कोरियामा बढ्दै छ नेपालीको ‘अकाल मृत्यु’

Published on 7:10:00 PM //


मीनप्रकाश उप्रेती, सोल, कोरिया
वैदेशिक रोजगारीका लागि आर्कषक मानिँदै आएको दक्षिण कोरियामा पछिल्लो चरणमा आत्महत्या र दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढेको छ। अंगभंग तथा मानसिक सन्तुलन गुमाउनेहरूको संख्या पनि दोब्बर वृद्धि भएको छ।

रोजगार अनुमति प्रणाली (ईपीएस) लागु भएयता मात्र दुर्घटनामा परी ७ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन्। कम्पनीमा काम गर्दा मेसिनमा च्यापिएर, धारिलो हतियारले काटेर, केमिकल र सवारीसाधन चलाउँदा दुर्घटनामा परी नेपाली श्रमिकले ज्यान गुमाउने गरेका हुन्।

यसरी ज्यान गुमाउनेहरूमा नीलकण्ठ न्यौपाने (रुपन्देही), प्रेमबहादुर तामाङ (सिन्धुपाल्चोक), ज्ञानु घर्तीमगर (काठमाडौं), श्रवणराज पन्थ (काभ्रे), लोकबहादुर गुरुङ (गोरखा), रमेश कोइराला (गुल्मी) र श्यामबहादुर गुरुङ (पोखरा) रहेका छन्।
उता रोजगार अनुमति प्रणाली (ईपीएस) लागु भएयता मात्र ८ जना नेपालीले आत्महत्या गरेका छन् भने दुई दर्जनभन्दा बढीले मानसिक सन्तुलन गुमाएका छन्। यसै गरी करिब २ हजार ५ सयको संख्यामा अंगभंग हुन पुगेका छन्। जुन अघिल्लो वर्षको तुलनामा दोब्बर हुन जान्छ। यस्ता घटना कोरिया प्रवेश गरेको १ महिनादेखि १ वर्षको बीचमा हुने गरेका छन्। यसै गरी बिरामी परेर र अज्ञात कारणले मृत्यु हुनेको संख्या २० रहेको छ।

नेपाली दूतावास कोरियाले जनाएअनुसार सेप्टेम्बर २००७ देखि सिन्धुपाल्चोकका दीपक सुवेदीले शुरू गरेको आत्महत्याको शृङ्खला अप्रिल २०१२ मा स्याङ्जाका ज्ञानबहादुर गोतामेसम्म आइपुग्दा टुंगिएको छैन। यसै गरी आत्महत्या गर्ने अन्यमा ऋषिराम भण्डारी (स्याङ्जा), ज्ञानप्रसाद रेग्मी (रौतहट), बालाराम न्यौपाने (नुवाकोट), मानबहादुर दर्लामी (पाल्पा), धनराज घले (लमजुङ) र पदम पन्थ (गुल्मी) रहेका छन्।

उता रोजगारीकै सिलसिलामा बिरामी भई मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ। यसरी मृत्यु हुनेहरूमा रोशन शाही–म्याग्दी, सुशील राना–काठमाडौं, गण्ँेश लिम्बू –सुनसरी, शक्ति तामाङ–लमजुङ, कणर््ँबहादुर राना–रूपन्देही, रुद्रबहादुर गुरुङ–गोरखा, इन्द्रबहादुर सुनुवार–गुल्मी र प्रमोदचन्द्र ओली–झापा रहेका छन्।

यसै गरी मृत्युको कारण्ँ थाहा हुन नसकेकाहरूमा उज्वल अधिकार–उदयपुर, विष्ण्ँुबहादुर केसी–पर्वत, श्यामबहादुर थापा र दिनेश अधिकारी–पर्वत, भीमकुमार गुरुङ–सुनसरी, वाङ्दी विष्ट–मुस्ताङ, पिमा लामा–सिन्धुपाल्चोक, प्रस्ताव गुरुङ –कास्की, बुद्धराज गुरुङ–मनाङ, इन्द्रकान्त कोइराला–चितवन, कणर््ँबहादुर थापा–धरान र लक्ष्मीकुमार श्रेष्ठ–रूपन्देही छन्। यीमध्ये अधिकांश केमिकलमा काम गर्ने नेपाली श्रमिक रहेका छन्।

यसरी छोटो समयमा आत्महत्या र दुर्घटनामा भएको वृद्धिलाई कोरियामा कार्यरत नेपाली श्रमिकहरूले नेपालमा गराइने तालिमको कमी भएको बताएका छन्। नेपालकै परिवेशलाई मात्र हेरेर गराइने तालिमले कोरियामा कुनै उपलब्धि नहुने भएको हँुदा यसरी मृत्युदरमा वृद्धि भएको प्रवासी मजदुर युनियन कोरियाका अध्यक्ष उदय राईले बताउनुभयो। ‘कोरियाको हालको श्रमनीति सामन्ती र मालिकपरस्त भएको हुदा विदेशी मजदुरले बढी पीडा खप्नुपरेका कारण्ँ आत्महत्याको बाटो रोजेका हुन्’, राईले अगाडि भन्नुभयो– ‘सरकारी स्तरबाट यसका लागि दरिलो कदम चाल्नु जरुरी छ।’
उता कोरियामा बढ्दै गएको दुर्घटना र आत्महत्याको मृत्युदरलाई नेपाली दूतावास कोरियाले दुखद रूपमा लिएको बताएको छ।
हामीले नेपालमा गराइने तालिममा तत्कालै सुधार गर्न परराष्ट्र मन्त्रलयलाई पत्राचार गरिसकेका छांै उप नियोग प्रमुख राजाराम बर्तौलाले बताउनुभयो। कोरियामा समेत नेपाली श्रमिकका समस्या र अवस्थाबारे अनुगमनलाई तीव्र बनाउन जरुरी छ तर जनशक्तिको अभाव रहेका कारण कठिनाइ भएको छ, बर्तौलाको भनाइ थियो– ‘अन्य देशको तुलनामा नेपाली श्रमिकको बढ्दो मृत्युदरलाई कम गर्न कोरिया सरकारसँगै आवश्यक सहयोग लिनेछांै।’

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग