Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लगातारको बन्दले जनजीवन कष्टकर, साँझ ५ बजे बन्द खुलेपछी राहत महशुस

Published on 7:02:00 PM //


विष्णु पौडेल
दुई दिनदेखिको लगातारको वन्दले गुल्मी सहित आसपासका क्षेत्रको जनजीवन प्रभावित भएको छ । संविधान निर्माणको समय छोँटिँदै जाँदा नयाँ संविधानमा आफ्ना हक अधिकार सुनिश्चित गर्नका लागी दवाव दिन भन्दै विभिन्न राजनितीक तथा जातीय संगठनले वन्दको आह्वान गरेका हुन् । जातीय राज्यको विरोध र आदिवासीमा आफुहरुलाई पनि सुचिकृत गर्नुपर्ने माग राख्दै संयुक्त संघर्ष समितीले हिजोदेखि शुरु गरेको अनिश्चित कालिन आमहड्ताल गएराती फिर्ता लिएपनि आज फेरी राप्रपा नेपालले गरेको वन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको हो ।
नेपाललाई हिन्दु राष्ट्र घोषणा र संघीयताको वारेमा जनमत संग्रह गर्नुपर्ने माग राख्दै राप्रपाले आज एकदिन नेपाल वन्दको घोषणा गरेको थियो । वन्दका कारण गुल्मीको सदरमुकाम तम्घासमा कुनै पनि सवारी साधन नचल्दा २ दिनदेखि यात्रुहरु अलपत्र परेका छन् । जिल्लावाट वाहिने र भित्रने यात्रुहरु सदरमुकाम तम्घासमै अलपत्र परेका छन् । वन्दले तम्घासमा जारी भारतीय भुतपुर्व शैनिक पेन्सन क्याम्प पनि प्रभावित भएको छ । वन्दले यातायातका साधन नचल्दा जिल्लाका विभिन्न स्थानवाट पेन्सन वुझ्न तम्घास आउने भुतपुर्व सैनिकहरुलाई पनि सास्ती भएको छ भने कतिपय हिडेरै पेन्सन वुझ्न आउन वाध्य भएका छन् । वन्दले गुल्मी सहित वाग्लुङ, प्युठान, पाल्पा, अर्घाखाँची लगायतका जिल्लाहरुको जनजीवन पनि प्रभावित वन्दले गुल्मीको जनजीवन भएको छ । साँझ ५ वजेपछि वन्द खुलेपछि स्थानीय वासीले केही राहतको महसुस गरेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग