Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडीमा सुन पानी आउने

Published on 3:29:00 PM //


रुरु नेटवर्क
बिगत केही बर्ष देखी हिउँद यामको सुरुवात सँगै रिडी बजारका बासिन्दाले पानीको समस्या झेल्दै आएकोमा अब भारत सरकारको सहयोगमा नयाँ खाने पानीको मुहान थपिने भए पछी यो समस्या बाट राहत पाउने भएका छन। रिडी बसपार्कमा करिब ६० हजार लिटर क्षमता भएको पानी टंकी निर्माण गरी ढुन्दुरे सुनपानीको मुहान लाई उक्त टंकीमा संकलन गरी रिडी बजारमा बितरण गरिने यो परीयोजनाका लागि भारत सरकारले करीब २५ लाख रुपैया बराबरको निर्माण सामाग्रीहरु उपलब्ध गराएको छ्। उपलब्ध गराइएको निर्माण सामाग्रीहरुमा ४२१ बोरा सिमेन्त,४९ रोल पाइप तथा ६ थान पोलिमर टंकी रहेको छ्। त्यस्तै निर्माणका लागि बाँकी श्रोत भने स्थानिय श्रम दान बाट जुटाइने छ। रिडीमा रहेका भुतपूर्व भारतीय सेनाका जवानहरुको पहलमा यो परीयोजना ल्याइएको हो। हाल यो परीयोजनाको नेत्रीत्व क्याप्टेन सुरज गुरुङले गर्नु भएको छ्। भारत सरकारको रिडीमा यो दोश्रो परीयोजना हो यस अघी भारत सरकारले करिब् चार करोड रुपैयाको लागतमा रिडी बिष्णु पञ्जरमा रहेको संस्क्रित तथा साधारण माबीको लागि नयाँ भवन निर्माण गरीरहेको छ्।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग