Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिश्व साइकल यात्री शौरभ दाहाललाई ओमानमा भब्य स्वागत

Published on 1:43:00 PM //


पशुपति जि.सी./ओमान
मे १८ तारिख शुक्रबारको दिन ओमानमा एक कार्यकमको आयोजना गरि बिश्व साइकल यात्री सौरभ दाहाल लाई स्वागत गरियो । ओमानको राजाधानी मस्कटको रुवी स्थित अल्मासा हलमा आयोजना गरिएको उक्त कार्यकममा ओमान स्थित विभिन्न संघ संस्थाका पदाधिकारीहरुको साथै साउदीका लागि नेपाली राजदूताबासको प्रतिनिधित्व गर्दै दीपक श्रेष्ठको उपस्थिति भएको थियो । कार्यकममा चलचित्र दशगजाको प्रदशनी पनि गरिएको थियो। चलचित्रका निर्माता तथा नायक नबल खडका पनि उपस्थित हुनुहुन्थ्यो । जँहा भारतले गौतम बुद्ध भारतमा जन्मिएको भन्दै गरेको बेला शम्भु दाहाल र नबल खड्का दुबैले आ-आफ्नो तरिकाबाट सगरमाथाको देश नेपाल र नेपालमा बुद्धको जन्म भएको भारतमा हैन भन्दै बिश्व सामु नेपाललाई आफ्नो पहिचान दिलाउने लक्ष्य सहित हिंडेका छन् । उनीहरुको हौशला बढाउने लक्ष्य सहित उक्त कार्यकमको आयोजना गरिएको र उनि दुबैलाई हरपल साथ दिनको लागी ओमान स्थित प्रबासीहरु तयार रहेको भनेर कार्यकममा बोल्दै एन.आर.एन.का अध्यक्ष डि.बि. छेत्रीले भन्नुभयो।
त्यस्तै कार्यकममा ओमान नेपाली एकता समाजका अध्यक्ष शोभाकान्त लामिछाने र ओमान नेपाली समाजका तर्फबाट बाबुराम आर्यालले पनि मन्तब्य राख्नुभएको थियो। विश्वका २०५ वटै देशको भ्रमणको लक्ष्य सहित निक्लेका शौरभ दाहाल हाल ४५ वटा देशको भ्रमण सिध्याएर ४६ वटा देशको रुपमा ओमानमा हुनुहुन्छ । उंहाले कार्यकममा बोल्दै भ्रमणको अबसरमा विभिन्न देशहरुमा धेरै प्रकारबाट दुख, कठिनाई, समस्या र अफ्ठ्यरोको सामना गर्नु परेको बताउनुभयो । तरपनि प्रत्येक देशहरुमा भएका प्रबासी नेपालीहरुले दिएको माया र स्वागतले यस्ता समस्या हरुको सामना गर्न बल मिल्ने र अगाडी बढ्नको लागि हैशाला मिल्ने बताउनु भयो।
त्यस्तै चलचित्रका नायक नबल खडकाले पनि बिदेशमा धेरै माया मिलेको र एक नेपालीले अबश्य फिल्म हेर्नुपर्ने बताउनु भयो। आमा बाबु नभएको बच्चालाई मात्रै आमा बाबुको महत्वको बारेमा थाहा भएजस्तै देशदेखि टाढा रहनुभएका नेपालीहरुमा आफ्नो देशको मायाको बारेमा थाहा भएको र त्यो देख्न मिलेको बताउनु भयो। त्यस्तै देशप्रेमिहरुको मायाले र सहयोगले सबैको समू फिल्म लिएर जाने हौशला मिलेको बताउनु भयो । फिल्मलाई रोक्नको लागि विभिन्न दबाबहरूको साथमा पैसाको पनि प्रलोभन देखाईएको भएपनि ति सबैलाई दरकिनार गर्दै सबै नेपाली माझ फिल्मलाई पूर्याउने लक्ष्य सहित आफू निक्लेको बताउनुभयो । तरपनि पूर्ण रुपमा फिल्म सबैको सामुमा लिएर आउन नसकेकोमा दुखः प्रकट गर्नुभयो । फिल्ममा सेन्सर बोर्डद्वारा धेरै काटछाँट गरिएको जस्तै एउटा चरीलाई दुवै प्वाँख काटीदिएर उड्नको लागि पठाए जस्तै भनेर तुलना गर्नुभयो । कार्यक्रममा उपस्थित सबै दर्शकहरुले फिल्मलाई धेरै सहराएका थिए भने बीच-बिचमा तालीद्वारा स्वागत गरिरहेका सबैले फिल्म धेरै राम्रो र एक नेपालीले अबश्य हेर्नुपर्ने भनेर भनिरहेका थिए।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग