Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चट्याङ लागेर एकैघरका दाजुभाइ सहित तीनको मृत्‍यु

Published on 2:30:00 AM //


घनश्याम गौतम
बिहीवार राति परेको चट्याङ लागेर गुल्मीका विभिन्न स्थानमा एकै घरका दुई सहित तीन जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।

गुल्मीको तम्घास गाविस-९ नेटामा परेको चट्याङ लागेर १८ वर्षीय रामबहादुर नेपाली, २० वर्षीय सुनिल नेपाली र हर्मिचौर-१ की अन्दाजी ३५ वर्षीया भुमकला पौडेलको मृत्यु भएको हो । पौडेलका ११ र १३ वषिर्य भाईहरु रमेश र दुगौ पौडेल घाइते भएका छने ।

त्यस्तै चट्याङले तम्घासका १५ वर्षीय सुमन नेपाली, १७ वर्षीय भुवन नेपाली, ४० वर्षीय रामबहादुर नेपाली, अर्खले-५ सेउघाकी ४५ वर्षीया लक्ष्मी गौतम, हस्तिचौर गाविसमा २३ वर्षीया भिमा कुँवर र वामीटक्सार गाविसमा ३ जना घाइते भएको प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् । घाइतेहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ ।

चट्याङले हर्मिचौर गाविसमा भुमकला पौडेलको घर पूर्ण रुपमा क्षति भएको र एउटा भैसी मरेको प्रहरीले जनाएको छ । चट्याङले जिल्लाका विभिन्न गाविसहरुमा अझै क्षति भएको र विवरण आउने क्रम जारी रहेको पनि प्रहरीले जनाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग