Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शान्ति र सद्भावको लागि गुल्मीमा सद्भाव र्‍याली

Published on 4:10:00 PM //


जनार्दन घिमिरे
शान्ति र सद्भावको कामना गर्दै गुल्मीको सदरमुकाम तम्घासमा आज सद्भाव र्याली निकालिएको छ । गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा आवह्वान गरिएको उक्त सद्भाव र्यालीमा जिल्ला स्थित सम्पूर्ण राजनैकिदल, नागरिक समाज, उद्योगि व्यापारी, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
र्‍यालिका सहभागिहरुले लगातारको वन्द र हड्तालका कारण जातीय सद्भाव खल्वलीन सक्ने र जनजीवनलाई समेत प्रभाव पार्न सक्ने भन्दै जातीय र धार्मिक सद्भावको आव्हान गरेका थिए । सदरमुकाम तम्घासको लाकुरी मञ्चवाट निकालीयको सद्भाव र्याली वजार परिक्रमा गरि पुन सोही स्थानका पुगि कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमलाई गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीले सम्वोधन गरेका थिए । त्यसै गरि वन्दको समयमा आयोजना हुने कार्यक्रमहरुको अनुगमन गर्न आजै जिल्लामा मानव अधिकारकर्मि नरेश भण्डारीको संयोजकत्वमा जिल्ला स्तरीय अनुगमन समितिको समेत गठन गरिएको छ । उक्त समितिले वन्दको समयमा उत्पन्न हुनसक्ने विभिन्न गतिविधिहरुको अनुगमन गर्ने वताईएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग