Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बुद्द जयन्तिको अवसरमा दुबईमा शेर्पा किदुंगको साँस्कृतिक कार्यक्रम (फोटोहरु)

Published on 6:49:00 PM //


लालबहादुर ढेंगा, दुबई, युएई
विश्वमा नै शान्तिको प्रतिक र शान्तिको दूत मानिने बुद्ध भगवानको २५५६ औं जयन्ती विधिवत रुपमा पूजाआजा र विभिन्न रंगारंग सांस्कृतिक कार्यक्रमका साथ मनाएका छन् । सो जयन्ती कार्यक्रम शेर्पा किदुग युएईको आयोजनामा गत १८ मे शुक्रबार का दिन दुबईको एभरेष्ट होटलमा गरेको हो ।


उक्त कार्यक्रमको प्रमुख अतिथिमा जनजाति महासंघ युएईका अध्यक्ष गिरमान थापा रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता शेर्पा किदुग युएईका अध्यक्ष पासाङ रिन्जी शेर्पाले गर्नु भएको थियो । त्यस्तैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी र पत्रकारहरु रहेका थिए । अतिथिहरुबाट भगवान बुद्धको तस्विरमा चावलले पूजा गर्दै थालनी गरिएको कार्यक्रममा विभिन्न फलफुल र बिस्कुटलाई प्रसादको रुपमा उपस्थित सबैलाई बाढिएको थियो । वक्ताहरुले आ–आफ्ना मन्तव्यको क्रममा बुद्ध नेपालमा जन्मिएको हो र वहांको भक्तहरु विश्वमा फैलिएको बताए । आजकलको यो राजनीतिक माहौलले गर्दा देशमा अशान्ति छाएको बेला बुद्धले दिएको उपदेशहरु अपनाउनु पर्नेमा जोड दिएका थिए ।
पहिलो सांगीतिक कोशेली स्थानीय गायक राजन समालको गीत “पानधारे चौकी माया पो नलाई मरिन्छ कि” भन्ने गीतबाट थालनी गरे लगत्तै आङसानी शेर्पाको “सपनीमा हो कि विपनीमा हो” भन्ने गीतमा नृत्य गर्दै माहौललाई तताएको थियो । त्यस्तैगरी कपिल तामाङको गीत “तुलसी आगनमा रोपौला”, “मौरी तेसै घुम्दैन” गीतमा छाङजी शेर्पाको नृत्य र “यो दिल किन ढक–ढक गर्छ” गीतमा विना तामाङको नृत्यले सुनमा सुगन्ध थपिदिएको थियो । विविध सांगीतिक माहौलमा मनाएको २५५६ औं बुद्ध जयन्ती कार्यक्रमलाई केन्द्रीय सदस्य तेन्जिङ शेर्पाले संचालन गर्नुभएको थियो ।









भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग