Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आदिबासी जनजातिको बन्दले गुल्मी सहित देसभरको जनजीवन ठप्प

Published on 7:07:00 PM //

पहिचान सहितको संघीयताको माग गर्दै आदिवासी जनजाति संयुक्त संर्घष समिति लगायतका विभिन्न संर्घष समितिले गरेको ३ दिने बन्दको पहिलो दिन आज गुल्मी जिल्लाका साथै देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण गुल्मीको सदरमुकाम तम्घासका साथै ग्रामीण क्षेत्रका कुनै पनि भागबाट लामो तथा छोटो दुरिका सवारीहरुसाधनहरु चलेनन बजार, ब्यवसाय, पसल, उधोग तथा कलाकारखानाहरु पनि ठप्प नै रहे । सरकारी कार्यालयमा पनि दिनभर सेवाग्राहीहरु नआएपछी दिनभर कार्यालयहरु सुनसान नै रहे । सदरमुकाम तम्घास तथा अन्य स्थानका मुख्य मुख्य चोकहरुमा बन्दकर्ताहरु बिहानइ देखी बसेका थिए । जिल्लाको ग्रामीण क्षेत्रहरुमा पनि बन्दको पूर्ण प्रभाव परेको छ । बन्दको पुर्वसन्ध्यामा हिजो बेलुकी आदिबासी जनजाती महासंघ गुल्मीले मसाल जुलुस र र्‍याली समेत निकालेको थियो । महांसंघ गुल्मीले सवारीसाधनको आवश्यकतालाई मध्यनगर गर्दै आज बेलुका ५ बजे देखी भोली बिहान ५ बजे सम्म बन्द खुला गरिएको र त्यसपछी बन्द यथावत रहने बताएको छ ।    

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग