Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जापान पुगे एमाले नेता तथा पुर्व उर्जामन्त्री गोकर्ण बिष्ट

Published on 5:32:00 PM //


टोकियो/नेपाली लोकतान्त्रिक मञ्च (एनडीएफ) जापान टोकियो कमिटीको आयोजनामा यही मे २० तारिख,  १९ औं मदन-आश्रित दिवसका अबसरमा हुने बिशेष समारोहमा प्रमुख अथितिको रुपमा सहभागी हुन नेकपा एमाले केन्द्रीय सदस्य एवं पूर्व उर्जामन्त्री गोकर्ण बिष्ट आज जापान आइपुग्नुभएको छ । उहाँलाई एनडिएफ जापान केन्द्रीय अध्यक्ष सिर्जना काफ्ले, आयोजक कमिटीका संयोजक देविलाल भण्डारी र सचिब बुद्धिराज घिमिरेले नारिता विमानस्माथल स्वागत गर्नुभएको थियो ।
अयोजक कमिटीले मई २० गतेको कार्यक्रमलाई मार्यदित र ब्यबस्थित गर्नको लागि एनडिएफ जापानका केन्द्रीय सदस्य प्रकाशमान महराको संयोजकत्वमा १५ सदस्यीय स्वयंसेबक कमिटी गठन गरेको छ । उक्त कार्यक्रमलाई नेकपा एमाले केन्द्रीय सदस्य एवं पूर्व उर्जामन्त्री गोकर्ण बिष्टले प्रमुख अथितिको रुपमा सहभागी हुने र नेपालमा जलबिधुत क्षेत्रका समस्या र समाधानका बिषयमा अन्तरक्रिया कार्यक्रम पनि हुने छ ।
समुन्द्रपारी डट कमबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग