Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लगातारको बन्दले जिल्लामा दैनिक उपभोग्य सामाग्री अभाव, मुल्य आकासियो

Published on 7:15:00 PM //

लगातारको बन्दसँगै जिल्लामा खाध्यान्न, पेट्रोलियम तथा दैनिक उपभोग्य सामाग्रीहरुको अभाव शुरु भएको छ । गत केही दिनदेखीको निरन्तरको बन्दले पर्याप्त रुपमा खाध्यान्न तथा दैनिक उपभोग्य सामाग्रीहरु ढुवानी हुन नसकेकाले अभाव सिर्जना भएको हो । जिल्लामा पर्याप्त इन्धनको अभाब सँगसँगै सर्वसाधारण, एम्बुलेन्स तथा अत्यावश्यक सवारीसाधनहरु समेत मर्कामा परेका छन । बजारमा खाना पकाउने एलपी ग्याँस पाउन छाडेपछी उपभोक्ताहरु थप मर्कामा परेका छन । त्यस्तै बन्दका कारण तरकारी तथा फलफुल समयमा आयात हुन नसकेपछी तरकारी तथा फलफुल ब्यवसायीहरुले ति बस्तुहरुको मुल्य बढाउँदा उपभोक्ताहरु चर्को मुल्य तिर्न वाध्य भईरहेका छन ।      

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग