Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिला दिदीबहिनिहरुले बनाए गाउँको बाटो

Published on 2:53:00 PM //


गुल्मी, जेठ १० । गुल्मीको अमरपुरका महिलाहरुले गोरेटो बाटो मर्मत गरेका छन् । अमरपुर गाविस– ३ मा गठन भएको नवप्रगतिशील महिला समूहका सदस्यहरुले श्रमदान गरी ५०० मिटरको गोरेटो बाटो मर्मत गरेका हुन् । समूहका १५० महिलाहरुले इम्पुर पानीमिलदेखि खोलाबाट बोकेर बाटोमा ढुंगा बिछ्याएको समूहका अध्यक्ष लक्ष्मी गौतमले जानकारी दिएकी छन् ।

गाउँलेहरुलाई खेतबारीमा र पानीमिलमा जानका लागि समस्या भएकाले मोटरबाटो मर्मत गरिएको उनीहरुको भनाइ छ । बाटो मर्मतपछि त्यस क्षेत्रका मानिसलाई खेतीपातीका लागि जान तथा अर्जे, घमिर, अर्खाबाङ, छापहिलेका मानिसलाई पानीमिलमा आउन जानका लागि सहज भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग