Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

संविधानसभाको म्याद ३ महिना थप्ने सहमति

Published on 3:07:00 AM //


काठमाण्डौ, जेठ ९ । प्रमुख दलहरुबिच संविधानसभाको म्याद ३ महिना थप्ने सहमति भएको छ । प्रधानमन्त्री कार्यलय सिंहदरबारमा बसेको प्रमुख ४ शक्तिको बैठकले समय अभावका कारण जेठ १४ मा संविधान जारी गर्न संभव नभएको निश्कर्ष निकल्दै ३ महिना म्याद थप्ने सहमति गरेको हो ।
प्रधानमन्त्रीको प्रस्तावमा काग्रेस–एमालेले रिर्जभेसन सहित सहमति जनाएको काग्रेस नेता विमलेन्द्र निधीले जानकारी दिनुभयो ।
राज्यपुर्नसंरचनाको विषयलाई लिएर विवाद वल्झीएपछि अन्तरीम संविधान संसोधन गरी संविधानसभाको म्याद थप्न दलहरु सहमत भएका हुन् ।
प्रकृयागत ढंगले अगाडि बढ्दा पनि विवादीत विषय जेठ १४ भित्र टुंगाउन संभव नहुने देखेपछि अन्तरीम संविधानको धारा ६४ निलम्बन गरि संविधान सभाको म्याद थप्न लागिएको हो ।
यसैबिच मन्त्रीपरिषदको बैठकले संविधानसभाको म्याद थप्ने प्रस्ताव पारित गरेको छ ।
सिंहदरबारमा आज साझ बसेको मन्त्रीपरिषदको बैठकले दलहरुको सहमति अनुसार म्याद थपका लागि अन्तरीम संविधान संसोधनका गर्न संसद सचिवालयमा विधेयक दर्ता गराउने निर्णय गरेको हो । संवैधानीक समिति मातहतको विवाद समाधान उपसमितिको बैठक पनि अहिले बसिरहेको छ ।
सर्वोच्च अदालतले गत मंसिर ९ गते आागमी जेठ १४ गतेबाट संविधानसभा स्वतःविघटन हुने फैसला गरेको थियो ।
बैठकमा नेताहरु बिच आज पनि अरोप प्रत्यारोप भएको थियो । काग्रेस–एमालेले सरकारको नेतृत्व कर्ता माओवादीले नै जनजातिलाई सडकमा उतारेर जेठ २ गतेको सहमति भाडेको आरोप लगाएका थिए ।
माओवादी र मधेशी मोर्चाले भने काग्रेस–एमाले संघियतामा नजाने षड्यन्त्रमा लागेको आरोप लगाएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग