Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भीरवाट लडेर एक वृद्धको मृत्यु, बसको छतबाट खसेर एक घाइते

Published on 6:17:00 PM //


जनार्दन घिमिरे
गुल्मी १० जेठ । घाँस काट्ने क्रममा भीरवाट गुल्मीको पराल्मी गाविसमा आज दिउसो एक वृद्धको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा गुल्मी पराल्मी गाविस ८ निवासी ६० वर्षीय रेन वहादुर रजाली मगर रहेका छन् । उनी आफ्नो घर नजिकै रहेको खर्‍यान घाँस काट्दै गरेको अवस्थामा अचानक चिफ्लीयर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यसैक्रममा सदरमुकाम तम्घासवाट चारपालातर्फ जाँदै गरेको लु १ ख ६७८९ नम्वरको माईक्रो वसको छतवाट खसेर आज एक जना व्यक्ति गंभिर घाईते भएका छन् । यसरी घाईते हुनेमा गुल्मी तम्घास गाविस १ निवासी २६ वर्षीय मधु खड्का रहेको प्रहरीले वताएको छ । उनी चरपाला तर्फ जाने क्रममा सदरमुकाम तम्घास नजिकै रहेको उर्लेनी भन्ने स्थानमा वसवाट अचानक खसेका थिए । घाईतेको टाउकोमा चोट लागेको वताइएको छ । उनको जिल्ला अस्पताल तम्घासमा उपचार हुन नसकेपछि थप उपचारकालागि लुम्विनी मेडिकल कलेज पाल्पामा लगिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग