Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बन्दका कारण अक्सिजन अभाव हुँदा बिरामी मर्कामा

Published on 1:04:00 PM //


नरेश भण्डारी
लगातारको बन्दका कारण अक्सिजनको अभाव हुँदा बिरामीहरू ०६९ जेठ ८ गते तम्घास अस्पतालमा उपचार हुन नसक्दा पाल्पा र बुटवल रिफर हुन बाध्य भएका छन् ।

दमको उपचार गराउन आएका जैशिथोक गाविस- ९ का ७६ वर्षीय खगेन्द्र पोखरेल, आफ्नै नातीको कुर्टाईबाट गम्भीर घाइते भएका नयाँगाउँ- ५ का ८० वर्षीय जम्बरसिंह हुम्जाली, छतबाट खसी गम्भीर घाइते भएका बडागाउँ गाविसका ६ वर्षीय सुभम् कार्की र ज्वरोका कारण भर्ना भएका तम्घास- ४ का ९ वर्षीय राजेश लुइटेल अक्सिजन अभावमा रिफर गरिएका हुन् ।

तम्घास अस्पतालको स्टोरमा रहेका १० वटा सिलिण्डर सिद्धिएको र भर्नको लागि पठाइएका सिलिण्डर पनि फिर्ता नआएपछि विरामी रिफर गर्न बाध्य भएको तम्घास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट हरिबहादुर केसीले जानकारी दिए ।

मुख्य तिन दलको बिचमा ११ प्रदेश बनाउने सहमतीको विरोधमा विभिन्न संघ संस्थाले पालैपालो देशभर बन्द आह्वान गरेका कारण भारतबाट आउनुपर्ने अक्सिजन नआएको र बुटवल, भैरहवाका डिपोहरूमा पनि अक्सिजन सिद्धिएका कारण सप्लाई हुन नसकेकोले विरामी भर्नागर्न नसक्ने अवस्था आएको केसीले जनाए।

उता असुरक्षाको कारण देखाउँदै प्राथमिक आँखा उपचार केन्द्रको एम्बुलेन्स सञ्चालनमा नआउँदा विरामी ओसार्ने काममा समस्या उत्पन्न भएको छ । देशका विभिनन स्थानमा बन्दकर्ताहरूले एम्बुलेन्समा आक्रमण गरेको कारण एम्बुलेन्स सञ्चालन गर्न नसकिएको आँखा उपचार केन्दका इन्चार्ज सूर्य बस्नेतले जनाए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग