पुरानाको निधन हुँदै जाँदा प्रदर्शकको समस्या
Published on
11:35:00 PM //
भरत पाण्डेय
२००७ साल र त्यसपछिको राजनैतिक घटनाक्रममा सहभागी तथा प्रजातन्त्र स्थापनाका लागी भूमिका निर्माण गर्ने पूराना नेता कार्यकर्ताहरुको अभाव स्थानिय स्तरमा खड्कीन थालेको गाउँका राजनैतिक कार्यकर्ताहरुले बताएका छन् । उमेर अबस्थाका कारण पूराना नेता कार्यकर्ताहरुको निधन हुँदै जाँदा भुक्तभोगीहरुको अभाव खड्कीनाले अवको राजनितीमा अगाडी बढ्न सिकाउने पथपर्दर्शकहरुको समेत अभाव हुन थालेकोले उनीहरुले बताएका हुन् । २००७ सालदेखि काग्रेस राजनितीमा क्रियाशिल नेपाली काँग्रेसका छापहिले गाउँ सल्लाहकार दल बहादुर महताराको दाहससंस्कारको क्रममा नेताहरुले यस्तो बताएका हुन् ।

एमाले छापहिलेका अध्यक्ष डम्बर गिरीले एउटा पार्टिमा मात्रै नभएर सबै पार्टिमा पुराना र अनुभविहरुको अभाव खड्कीन लागेकोले अव बाँकी रहेका उहाँहरुबाट सिक्नुपर्ने कुरा समयमै सिक्नुपर्ने बताउनुभयो । काँग्रेस अमरपुरका सभापति हिरा बहादुर अर्याल, छापहिलेका उपसभापति हिरा बहादुर थापा, अर्जै उपसभापति हिमलाल पराजुली, माओवादी छापहिलेका प्रतिनिधी तिलक महतारा, अनेरास्ववियूका जिल्ला सदस्य हरी अधिकारी, तरुण दल छापहिलेका अध्यक्ष अशोक जिसी लगायतले स्वर्गीय महताराको पार्थिव शरीरमा अविर अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।