Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेखा थापाले गरिन् सम्बन्ध विच्छेद

Published on 8:27:00 PM //

काठमाडौं, जेष्ठ ९ - नेपाली सिनेमाकी चर्चित नायिका रेखा थापाले आफ्ना पति छवी ओझासँग औपचरिक रूपमा सम्बन्ध विच्छेद गरेकी छन् । नेपाली चलचित्र निर्माता छवी ओझा र रेखाले १२ वर्ष अघि बिहे गरेका थिए । छवी ओझाको कार्यालय नमस्ते नेपालमा नायिका रेखा र छवीले सिने पत्रकार प्रकाश सुवेदीको उपस्थितिमा सम्बन्धविच्छेदको पत्रमा हस्ताक्षर गरेका हुन् ।

'होम प्रडक्सन'मा ६ वटा फिल्म गरेका छवी र रेखा सम्बन्ध विच्छेदपछि अत्यन्त भावुक भएको कान्तिपुर टेलिभिजनको सिने कार्यक्रम रजतपटका सञ्चालक प्रकाश सुवेदीले बताए । उनले भने, 'यतिको सौहार्दपूर्ण वातावरणमा सम्बन्ध विच्छेद भएको मैले पहिलो पटक देखें ।' सुवेदीका अनुसार रेखा र छवीले एक अर्कालाई अंगालो मारेर छुट्टएिका थिए । भावुक बनेकी रेखाले भनिन्, 'छवी मेरो अभिभावक हो र अब पनि अभिभावक नै रहने छ ।' प्रतिउत्तरमा छवीले रेखालाई सहयोग गर्न सधैं तयार रहेको बताए । आफूले निर्माण गर्ने चलचित्रमा रेखाले अभिनय गर्न चाहे त्यसको सधै स्वागत गर्ने उनले बताए ।

अहिले छवी र रेखा दुवैका मोबाइल अफ छन् । सम्बन्ध विच्छेद गरेर बाहिरिने क्रममा रेखाले आफ्नै कारमा राखेर छवीलाई घरसम्म छोडेको र एक अर्कालाई आई लभ यू भनेर छुट्टएिका थिए ।
Source: eKantipur.com

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग