Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिदेशबाट फर्कदा श्रीमनले कान्छी श्रीमती ल्याएपछी, जेठिद्वारा मुद्दा दायर

Published on 6:53:00 PM //


नरेश भण्डारी
हर्दिनेटा गाविस-८ की ३३ वर्षीया गीता सारुले आफ्ना ३८ वर्षीय पति जितबहादुर सारुविरुद्ध दोस्रो विवाह गरेको आरोपमा ०६९ जेठ १० गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी छन् ।

एक महिना अघि मलेसियाबाट फर्किदा जितबहादरले पल्लीकोट गाविस-४ की २९ वर्षीया शशिकला राकसकोटीलाई दोस्रो पत्नीको रुपमा काठमाण्डौबाट सँगै ल्याएर घरमा भित्राएको पीडितको आरोप छ ।

पतिले दोस्रो विवाह गरेपछि एक छोरा र एक छोरी सहित माईतमा बस्दै आएको पीडितले बताईन् ।

घटना सम्वन्धमा आवश्यक अनुसन्धान गर्न आरोपतिलाई जिल्ला प्रहरी कार्यालय झिकाईएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजु शर्माले बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग