Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गणतन्त्र दिवसमा पत्रकारले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने

Published on 5:34:00 PM //


गुल्मी,जेठ १२ । नेपाल पत्रकार महासङ्घ गुल्मीले यसपटकको गणतन्त्र दिवसमा विद्यालय जान नसकेका बालबालिकाहरूका लागि विद्यालय भर्ना अभियान सञ्चालन गर्ने भएको छ । सर्वसाधारणले देशमा गणतन्त्र आएको अनुभव गर्न नपाएको भन्दै महासङ्घले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न लागेको हो ।

गणतन्त्र दिवसका अवसरमा राजनीतिक दलहरू र कर्मचारीहरूले रु ४० हजार खर्च गरेर खेलकुद कार्यक्रम गर्ने निर्णय गरेपछि पत्रकार महासङ्घले गरीब विद्यार्थीका लागि विद्यालय भर्ना अभियान चलाउन लागेको महासङ्घ, गुल्मीका केन्द्रीय पार्षद हीरा एसीले बताउनुभयो ।

गणतन्त्र दिवस मनाउने विषयमा जिल्ला विकास समितिमा आयोजना गरिएको कार्यक्रममा गरीबका लागि केही कार्यक्रम गर्न महासङ्घले प्रस्ताव राखेपनि राजनीतिक दल र कर्मचारीहरूले खेलकुदका लागि मात्रै बजेट छुट्याउने निर्णय गरेका थिए । पत्रकार महासङ्घको अभियानलाई सहयोग गर्न जिल्ला शिक्षा कार्यालयले विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री उपलब्ध गराउने जिल्ला शिक्षा कार्यालयका अधिकृत हरिलाल अर्यालले बताउनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग