Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा तेलको हाहाकार, लाश जलाउन चिनीको प्रयोग

Published on 6:20:00 PM //


जनार्दन घिमिरे
गुल्मी १० जेठ । पटक पटकको वन्द र हड्तालका कारण जिल्लामा पेट्रोलीयम पदार्थको अभाव भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले आज प्रशासन कार्यालयमा आयोजना गरेको जिल्लामा आपुर्ति व्यवस्था र अवस्थाको वारेमा आयोजित छलफल कार्यक्रममा पेट्रोलीयम पदार्थको सहज आपुर्तिको लागि तत्काल पहल गर्न प्रमुख जिल्ला अधिकारी समक्ष आग्रह गरेका छन् ।
विगत दुईसाता अघिदेखि पेट्रोलीयम पदार्थ लिनकालागि सम्वन्धित निकायमा पुगेका ट्याङ्कर र ट्रकहरु समेत अलपत्र परेको भन्दै त्यस विषयमा प्रशासनले पहल गर्नु पर्ने माग व्यवसायीहरुले राखेका थिए । उक्त विषयमा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले पेट्रोलीयम पदार्थको सहज आपुर्तिका लागि आफुले सम्वन्धित निकायमा जानकारी गराएको र उक्त निकायवाट आश्वासन समेत पाएको हुँदा सम्भवत भोली सम्ममा समस्या समाधान हुन सक्ने वताउनु भएको छ । जिल्लामा खाद्यान्नको समस्या भने तत्काल नभएको भन्दै गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद भण्डारीले आउँदो दुईसाता सम्मका लागि जिल्लामा खाद्यान्न प्रयाप्त रहेको जानकारी गराउनु भएको थियो । प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाललको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा सरोकारवाला निकायमा प्रमुख तथा प्रतिनिधि र संचारकर्मिहरुको समेत सहभागिता रहेको थियो ।
पेट्रोलीयम पदार्थको अभाव भएपछि मानिसहरुले शव जलाउनका लागि मट्टितेल समेत पाएका छैनन् । गुल्मीको कालीगण्डकिमा सव जलाउनकालागि प्रयोग गरिने मट्टितेल वजारमा नपाईएपछि उनीहरुले चिनीको माध्यमवाट शव जलाउन वाध्य वनेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग