Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मानवअधिकार शिक्षा कार्यक्रम अनुगमन बैठक सम्पन्न

Published on 7:00:00 PM //


नरेश भण्डारी
मानवअधिार शिक्षा कार्यक्रम पूनरताजकी एवं अनुगमन बैठकमा सहभागी 
गुल्मीकोअर्खले गाविसका सामुदायिक संस्थाका सदस्यहरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय गुल्मीको आयोजनामा ०६९ जेठ १२ गते अर्खले गाविसमा मानवअधिार शिक्षा कार्यक्रम पूनरताजकी एवं अनुगमन बैठक सम्पन्न भयो ।
गत अर्थिक वर्षमा मानवअधिकार शिक्षा कार्यक्रम सञ्चालित गाविसका सामुदायिक संस्थाबाट प्रतिनिधित्व हुनेगरी गठन भएको अर्खले मानवअधिकार सञ्जालको वैठक र कार्यक्रमको पुनर्ताजगी गर्ने उद्देश्यले आयोजित कार्यक्रममा मानवअधिकार मैत्री योजनाको कार्यान्वयन, महिला हिंसा, घरेलु हिंसा र मानअधिकारका स्थानीय सवालहरुबारे अन्तरकृया भयो ।
सञ्जालका अध्यक्ष मधु मरासिनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेक जिल्ला संयोजक यज्ञप्रसाद भुसाल, इन्सेक जिल्ला प्रतिनिधि नरेश भण्डारी र जिल्ला सहजकर्ता शान्ता पोखरेलले सहजिकरण गरे । देवी मरासिनीको स्वागत मन्तव्य र शान्ति विकको सञ्चालनमा सम्पन्न कार्यक्रममा नौ वटा सामुदायिक संस्थाका २७ जनाको सहभागिता थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग