Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अनियमित विद्युत प्रशारणले गुल्मीवासी मर्कामा

Published on 9:16:00 PM //


बिष्णु पौडेल
अनियमित विद्युत आपुर्तिका कारण गुल्मी सदरमुकाम तम्घास सहित आसपासका क्षेत्रका सेवाग्राही मर्कामा परेका छन् । विना जानकारी पटक पटक विद्युत अवरुद्ध हुँदा सेवाग्राहीहरु मर्कामा परेका हुन् । दिनमा पटक पटक गरी घण्टौँसम्म विद्युत आपुर्ति ठप्प हुँदा आफुहरु मर्कामा परेको सेवाग्राहीको गुनासो छ । तर नेपाल विद्युत प्राधिकरण भने लामो दुरीको विद्युत प्रशारण भएकाले समस्या देखिने गरेको वताउँदै आएको छ ।
विद्युत प्रशारण लाईन लामो तथा प्रशारण लाईनमा पर्ने रुखहरु काट्नमा स्थानीयवासीहरुले सहयोग नगर्दा विद्युत आपुर्ती नियमित हुन नसकेको प्राधिकरणको भनाई विद्युत आपुर्ति वन्द हुँदा व्यापार व्यवसाय तथा घरायसी प्रयोगमा समेत समस्या परेको छ । यता जिल्लामा देखिएको विद्युत आपुर्तिको समस्या र समाधानमा के के गर्न सकिन्छ भनेर विद्युत प्राधिकरण कार्यालयले आज जिल्लाका सरोकारवालासँग अन्तरक्रिया गरेको छ । सदरमुकाम तम्घासको जिल्ला विकास समितीको सभा हलमा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले बिद्युत बत्ति वाल्नका लागी मात्र प्रयोग नभएर बिद्युतकै आधारमा काम गरेर बाच्ने थुप्रै सर्वसाधारण भएकाले बिद्युत आपुर्ति निरन्तर गर्न आग्रह गरेका छन । सदरमुकाम तम्घासमा खानेपानीको मुख्य श्रोत ओख्रनीको लिफ्टीङ सिस्टमको खानेपानी भएकाले विद्युत आपुर्ति वन्द हुँदा खानेपानीमा समेत समस्या देखिनेमा उनीहरुले विद्युत कार्यालयको ध्यानआकर्षण गराएका छन् । “हामि निरन्तर बिद्युत आपुर्तिको लागी जस्तो सहयोग गर्न समेत तयार छौँ तर कार्यालयले प्रभावकारी काम गर्नु य¥यो” सहभागिहरुले भने “लोड सेडिङमुक्त गुल्मीलाई ब्यबाहरमा समेत लोडसेडिङ मुक्त बनाएर देखाउनु कार्यलयको कर्तब्य हो ” ।
कार्यक्रमका अध्यक्ष समेत रहनुभएका नेपाल बिद्युत प्राधिकरण गुल्मीका प्रमुख नवल किशोर गोईतले आफुले सकेसम्म निरन्त्र बिद्युत आपुर्तिको लागी काम गरिरहेको बताउनुभयो । गुल्मीले बिरबासको स्टेशनबाट बिद्युत प्राप्त गर्ने भएकाले टाढाको दुरी बिद्युत आपुर्तिको लागी प्रमुख बाधक भएको स्वीकार्नुभयो । गोइतले भन्नुभयो प्राबिधिक समस्या भइरहन्छ तर तपाईहरुको सहयाग हुनुप¥यो म निरन्तर लागिपर्ने छु ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालले जिल्लालाई लोडसेडिङ मुक्त जिल्ला बनाउन सजिलो भए पनि कार्यन्वयन नभएकोले कार्यन्वयनको लागी बिद्युत प्राधिकरणले बिषेश पहल गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा जिल्लाका उद्योगी, व्यापारी, विभिन्न राजनितीक दलका प्रतिनिधी, नागरिक समाजका प्रतिनिधी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग