Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युवा संघ संस्थाहरुद्वारा सदभाव र्‍याली, सबैलाई एक हुन अपिल

Published on 10:57:00 AM //



काठमाण्डौ, १२ - जेठ । निरन्तरको बन्द र हड्तालले राष्ट्रलाई असर पुर्याएको बिरोधमा शुक्रबार राजधानीमा शान्ति, सध्भाव र श्नेह प्राप्तीका निम्ती राष्ट्रिय झण्डासहित सयौ युवाहरु भेला भएर सद्भाव र्‍याली आयोजना गरिएको छ । बिभिन्न युवा संघ संस्थाको आहृवानमा शुक्रबार साँझ काठमाडौंको खुल्लामञ्चबाट सुरु भयको र्‍याली बिर अस्पातल्, रत्नपार्क, पुरानो बसपार्क, सहिद-गेट, सुन्धारा हुँदै पूर्ण खुल्लामञ्च पुगी कोड सभामा परीणत भयको थियो । र्‍यालीमा उल्लेख्य रुपमा युवा बिधार्थीहरुको सह्भागिता थियो भने सहभागीले हातमा राष्ट्रिय झण्डा बोकेका थिए । उनीहरुले “हिमाल पहाड तराई, कोही छैन पराई”, “सद्भाव कायम गरौं”, “साझा घर हाम्रो नेपाल्, साझा थर हामी नेपाली” लगायत नारा लगाएका थिए ।
र्‍यालीलाई उद्घाटन गर्दै प्रमुख अतिथी संगीतकार सुरेश अधिकारिले आफूहरु कसैको विरोधमा नभई शान्ति र सम्बृद्धिको पक्षमा भएको बताएका थिए । हातमा राष्ट्रिय झण्डा लिएर र्‍यालीलाई सम्वोधन गर्ने क्रममा सोलिडारिटी नेपालका अधक्ष्य राजेन्द्र गौतमले “सम्पुर्ण नेपालीलाई एक हुन” अपिल गरे । त्यस्तै कार्यक्रमा बोल्दै डोको नेपालका महा-सचिब मन्दिप दाहाले विभिन्न जातजातिमाथि उच्छृङ्खल नारा लागेकाले जातीय सद्भाव बिथोलिन सक्ने भन्दै शान्ति सद्भाव र्‍याली निकालेको जानकारी दिए । सद्भाव र्‍यालीपछि दीप प्रज्वलन समेत गरिएको थियो । सद्भाव र्‍यालीमा डोको नेपाल्, सोलिडारिटी नेपाल, नेपाल एक्टिभिस्टा, उई फोर चेन्ज, नेपाल मोदर फाउन्डेसन आदी संघ संस्थाका संस्थापक, प्रतिनिधि र सद्स्यहरुको उल्लेख्य सहभागिता थियो भने नागरिक समाजका अगुवा, पेशाकर्मी, युवा लगायत गरि झण्डै ३ सयको सहभागिता रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग