Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा वेष्टर्न युनियन मनी ट्रान्फरको अन्तरक्रिया सम्पन्न

Published on 9:21:00 PM //


लालबहादुर ढेंगा
विश्वको विभिन्न राष्ट्रहरुमा ८५ प्रतिशत व्यापार गर्दै नेपालमा पनि ४ हजार २ सयभन्दा बढी आफ्नो शाखाहरु संचालन गरेको वेस्ट्र्रन युनियन मनी ट्रान्सफरले गत २१ मे सोमबारका दिन दुबईको अरब उडूपी रेष्टुरेण्टमा नेपालबाट आउनु भएका प्रतिनिधिहरु र युएईस्थित रहेका नेपाली संघ संस्थाका प्रतिनिधिहरु र एक्सचेन्जमा कार्यरत प्रतिनिधिहरुको बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमको अवसरमा नेपालबाट आउनु भएका वेस्ट्र्रन युनियन नेपालका लागि निर्देशक आतिशकृष्ण श्रेष्ठ, हुलास रेमिटेन्सका निर्देशक हेमन्त गोल्छा, अन्नपूर्ण ट्राभल्स एण्ड टुर प्रा।लि। का विजिनेश मैनेजर दीपक अमात्या र चौधरी ग्रुपका जेनेरल मैनेजर आषिश शर्मा रहनु भएको थियो भने युएईका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी व्यावसायी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा वेस्ट्र्रन युनियन मनी ट्रान्सफरको व्यावसायलाई अझै सरल र शुलभ तहबाट सेवा ल्याउनको बारेमा विशेष छलफल गरिएको थियो । समाजसेवी चन्द्रप्रसाद सापकोटाले अन्य मनी ट्रान्सफरको शुल्क धेरै रहेको र पैसा लिनको लागि धेरै प्रक्रिया रहेकोमा यसलाई संशोधन गर्नु पर्नेमा आफ्नो जिज्ञासा राख्नु भयो । त्यस्तैगरी फस्ट मोवाइल बैंकका विजिनेस डेभोलपमेन्ट मैनेजर किशोर घिमिरेले वेस्ट्र्रन युनियन मनी ट्रान्सफरले पनि अन्य मनी ट्रान्सफरले लिएको ट्रान्सफर चार्जसंगै सेवा उपलब्ध गराउनमा आग्रह समेत गर्नु भयो ।
खासगरी खाडी मुलुकका नेपाली कमिटीहरुसंग समन्वय राख्दै सक्दो सहुलियत सेवा उपलब्ध गराउनमा निर्देशक श्रेष्ठले आफ्नो प्रतिवद्धता जाहिर गर्नु भयो । आफ्नो विचार राख्नेहरुमा चन्द्र रोकाह, महेश मोक्तान, चन्द्रप्रसाद सापकोटा, नारायन अधिकारी उत्तम अधिकारी, सि.यम ढकाल र किशोर घिमिरे रहेका थिए । रेमिटेन्सलाई कसरी देशमा भित्र्याउने र पैसा रिसिभ गर्ने व्यक्तिलाई सक्दो सहुलियत सेवा उपलब्ध गराउंदै आफ्नो व्यावसायलाई हरेक नेपालीहरुसम्म पु¥याउने हेतुले गरिएको अन्तरक्रिया कार्यक्रमकलाई संचालन लोकनाथ सुवेदीले गर्नु भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग