आफ्नै बहिनिलाई बलात्कार गर्ने पक्राउ
Published on
10:17:00 PM //
बारा, जेठ ७ । बाराको कचोर्वा २ मा एक युवती आफ्नै दाजुबाट बलात्कृत भएकी छन् । कचोर्वा २ का २८ वर्षिय साह थरका एक युवकले आफ्नै काकाकी १६ वर्षिया छोरीलाई बलात्कार गरेका हुन् ।

पीडितको उजुरीको आधारमा प्रहरीले साहलाई आइतबार पक्राउ गरेको प्रहरी निरिक्षक रामनाथ घिमिरेले बताउनु भयो । अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको छ ।
बलात्कृत युवतीको जिल्ला अस्पताल कलैयामा मेडिकल चेकजाँच गराइएको र रिपोर्टमा युवती माथि बलात्कार भएको पुष्टि भएको प्रहरी निरिक्षक घिमिरेले जानकारी दिनु भयो ।