Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यातायात व्यवसायीका समस्या पहिचानका लागी छलफल

Published on 8:01:00 PM //


विष्णु पौडेल
दुर्घटना भइसकेपछि थैय भन्दै समस्याको समाधान खोज्न तर्फ लाग्नुभन्दा दुर्घटना हुँनु अगावै दुर्घटना न्युनीकरणतर्फ ध्यान दिनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । अन्य कार्यक्रमको तुलनमा दुर्घटना न्युनीकरणका कार्यक्रम कम हुने भन्दै सहभागीहरुले यस्ता कार्यक्रम सञ्चानमा सरकारको समेत नजर पुग्न नसकेको गुनासो गरेका थिए । वढ्दो सवारी दुर्घटना न्युनीकरण गरौँ, आफु पनि बाँचौ अरुलाई पनि वचाउँ, भन्ने नाराका साथ गुल्मी सदरमुकाम तम्घासमा राष्ट्रिय यातायात उद्यमशिल मजदुर भलाई कोष वुटवलको आयोजनामा भएको यातायात व्यवसायीका समस्या पहिचान सम्वन्धि अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो वताएका हुन् ।
कार्यक्रममा वोल्ने अधिकांश वक्ताहरुले चालक अनुसाशित भएमा दुर्घटना कम हुने भन्दै दुईतीन वर्ष खलाँसी गरेकै आधारमा सवारी धनीले गाडिको जिम्मा दिँने, सानो उमेरमै ड्राईभर हुने, सवारी साधनमा गीत वजाउने, गाडि चलाउँदा चालकले मोवाईलमा कुरा गर्ने, क्षमता भन्दा वढि यात्रु राख्ने प्रवृत्तिले गर्दा दुर्घटना वढि हुने गरेको वताएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल, प्रहरी  नायव उपरिक्षक राजकुमार वैदवार, उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गा पाण्डे, समाजसेवि नन्दराम भुसाल, तम्घास नगरविकास समितीका अध्यक्ष गिरी पाण्डे, यातायात व्यवसायी, सञ्चारकर्मी, व्यापारी, वुद्धिजीवि, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष मोहन भुसाललले यातायात व्यवासायीका समस्या सम्वन्धि कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग