Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पौडी खेल्ने क्रममा डुवेर १ जनाको वेपत्ता, घरको छतवाट खसेर एकको ज्यान गयो

Published on 8:01:00 PM //


विष्णु पौडेल
पौडि खेल्ने क्रममा डुवेर म्याग्दीमा एक जना बेपत्ता भएका छन । बाग्लुङ नगरपालीका स्थाईमा मोबाईल पसल संचालन गर्दै आउनुभएका २५ बर्षिय जनक रेग्मी कालिगण्डकी नदीमा वेपत्ता भएको प्रहरीले जनाएको छ । आफन्तको घरमा पुजाको निम्तो मान्न जाँदै गरेका रेग्मी म्याग्दीको रत्नेचौर गाबिस अन्तर्गगत पर्ने कालिगण्डगी नदीको छाउने बगर भन्ने स्थानमा पौडि खेल्दै गर्दा आज दिउसो बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेपत्ता रेग्मीको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सहायक निरिक्षक पुर्ण बढाथोकीको नेतृत्वमा खोजि भईरहेको र अझै सम्म रेग्मीको अवस्था अज्ञात रहेको वाग्लुङ सहयोगी वालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
घर भई म्याग्दीको बेनी बजार यता घरको छतबाट खसेर नवलपरासीको शिवमन्दिर ७ विष्णुनगरमा एक जनाको मृत्यु भएको छ । आफ्नै घरको छतबाट खस्दा ६५ वर्षीया भोगवहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । ढलान गर्न भनेर ठिक्क पारिएको छत हेर्न गएका वेला राना छटबाट खस्नु भएको थियो । गम्भिर घाइते रानालाई भरतपुर अस्पताल पु¥याउन साथ चिकित्सकले मृत घोषण गरेको पारिवारिक श्रोतले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग