Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्ला परिषदमा हाम्रो पनि प्रतिनिधीत्व हुनुपर्‍यो: एचाआईभी संक्रमित

Published on 8:01:00 PM //


विष्णु पौडेल
अर्घाखाँचीका एच आई भी संक्रमितहरुले जिल्ला परिषद र गाँउ परिषदमा आफुहरुको प्रतिनिधित्व सुनिश्चित हुनु पर्ने माग गरेका छन् । सदरमुकाम सन्धिखर्कमा एच आई भी संक्रमित तथा सरोकारवालाहरु बिच भएको अन्तरक्रिया कार्यक्रममा वोल्ने संक्रमितहरुले सरकारी तथा गैर सरकारी कार्यलय र बैंकहरुले समेत एच आई भी संक्रमितहरुलाई हेर्ने दृष्टिकोण फरक भएको गुनासो गरेका छन् । सन्देश सहयोग समुह अर्घाखाँचीको आयोजना, राष्ट्रिय क्षयरोग केन्द्र काठमाण्डौ र एच आई भी संक्रमीत महिलाहरुको राष्ट्रिय महासंघको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
यसैविच अर्घाखाँचीको सन्धिखर्कमा जिल्ला बाल क्लब र स्थानीय बाल क्लब सदस्यका लागि लैंगिक हिंसा अन्त्यका लागि हाम्रो भुमिका बिषयक ३ दिने तालिम आज देखि सुरु  भएको छ । महिला तथा बालबालिका कार्यलय अर्घाखाँचीको आयोजना, संयुक्त राष्ट्र संघ जनसंख्या कोष र जिल्ला बिकास समितिको कार्यलय अर्घाखाँचीको सहयोगमा तालिम सुरु भएको हो । तालिमको सहजीकरण जेण्डर प्रशिक्षक चन्द्रमणि पाण्डे र संयुक्त राष्ट्रसंघ जनसंख्या  कोषका जिल्ला संयोजक पुर्ण बिकले गर्नु भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग