Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वर्षा र वन्दका कारण पेन्सनरहरु मर्कामा

Published on 2:46:00 AM //


गगनशिला खड्का
गुल्मी २९ बैशाख । नेपाल वन्द त्यसमाथि आज पनि दिउँसोदेखि परेको अत्यधिक पानीले पेन्सन वुझ्न आएका भारतीय पेन्सनरहरुलाई समस्यामा पारेको छ। व्राम्हण, क्षेत्री लगायतको संयुक्त संघर्ष समितिले गरेको वन्दका कारण यातायातका साधनहरु चल्न नसकेपछि टाढा टाढावाट समेत पैदल हिड्दै पेनसन वुझ्न आएका उनीहरु आज पनि दिउँसोदेखि पानी पर्न थालेपछि थप समस्यामा परेका हुन। पेन्सन वुझन लाईनमा वसेका वृद्ध वृद्धाहरु पानी परेपछि क्याम्पकै टहरामा कोचिएर वस्न वाध्य भएका थिए। आज पेनसन पाईने हो या होईन तर पेनसन पाएपनि वन्दका कारण घरमा कसरी जाने भन्ने अधिकाँश पेनसनरको गुनासो थियो। साथै उनीहरुले वन्दले कसैलाई पनि राम्रो प्रभाव नपार्ने भन्दै वन्द फिर्ता लिन समेत माग गरेका थिए। वन्दका कारण वजार, पसल, व्यापार व्यवसाय, विद्यालय सवै वन्द रहेका थिए।


Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग