Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाडी दुर्घटनामा परी मर्नेको संख्या २ पुग्यो, एक व्याक्ति मृत अवस्थामा फेला

Published on 2:46:00 AM //


गगनशिला खड्का
गुल्मी २९ बैशाख । अर्घाखाँचीको ठाडा ५ दरवारेमा मंगलवार भएको यात्रुवाहक फोर्स गाडी दुर्घटनामा परी घाईते भएकाहरु मध्ये मर्नेको संख्या दुई पुगेको छ। मृत्यु हुनेमा रुपन्देही गजेडी ४ का ४० वर्षीय श्रीप्रसाद पासवान र अर्घाखाँची ठाडा २ निवासी ३४ वर्षीय विष्णुप्रसाद अधिकारी रहनुभएको छ। सन्धीखर्कवाट वुटवलतर्फ जाँदै गरेको बा २ ख ७२६६ नम्वरको यात्रुवाहक वसको वे्रक फेल भई सडकवाट झण्डै ३० मीटर तल खसी दुर्घटनामा परेको थियो। पासवानको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा र अधिकारीको काठमाण्डौ न्यूरो अस्पतालमा आज अपरान्ह मृत्यु भएको थियो। अहिले घाईते मध्ये सितापुर ५ का ३२ वर्षीय वमवहादुर आलेको भैरहवा मेडिकल कलेजमा र जुकेना ४ का प्रेम अधिकारीको काठमाण्डौको एक अस्पतालमा उपचार भईरहेको छ भने अन्यको भैरहवामै सामान्य उपचारपछि घरमा फर्किसकेका छन्।
यता अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क ७ भक्तिटोलामा आज एक पुरुषको शव फेला परेको छ। मृत्यु हुनेमा सन्धिखर्कमा ज्याला मजदुरीको काम गर्दै आएका डांम्री ४ का ३५ वर्षीय कर्णवहादुर थापा रहेको प्रहरीले जनाएको छ। घटनावारे थप अनुसन्धान भईरहेको प्रहरीले छ। शवलाई पोष्टमार्टमका लागि सन्धीखर्क अस्पतालमा राखिएको छ।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग