Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पानी परेपछी भएपछि किसानहरु हर्षित, खेतिपाती लगाउन शुरु

Published on 2:48:00 AM //


गगनशिला खड्का
गुल्मी २९ बैशाख । केही दिनदेखी परेको वर्षाका कारण हर्षित वनेका गुल्मी लगायत आसपासका कृषकहरु दिनभर खेतवारीमै खनजोत तथा वाली लगाउन व्यस्त वनेका छन । लामो समयदेखि मकै तथा अन्य वालीहरु लगाउन नपाएका कृषकहरु वाली लगाउनमै व्यस्त वनेका हुन्। मकै वाली लगाईसकेका कृषकहरु पनि मकै खन्न व्यस्त थिए। चैत्र तथा वैशाख महिनामा छरेका
मकै तथा लगाईएका तरकारी विरुवाहरु लामो समयसम्म पानी नपरेपछि सुक्न थालेको अवस्थामा पानी परेपछि उनीहरु हर्षित वनेका हुन। समयमै पानी परेपछि यस वर्ष मकै, फलफुल तथा तरकारी वालीमा राम्रो उत्पादन हुन सक्ने उनीहरुको अनुमान रहेको छ। कतिपय क्षेत्रमा मकै वाली लगाउन वाँकी रहेका किसानहरुका खाली जग्गामा पनि पानी परेपछि मकै वाली लगाउन विहानैदेखि व्यस्त देखिएका छन्। तर कुनै क्षेत्रमा भने हिजो ठुलो मात्रामा असिना सहितको वर्षा भएको समाचार प्राप्त भएको छ। असिना पानीले वाग्लुङ्गको पश्चिम क्षेत्रमा गहुँ तथा तरकारी वाली पुर्ण रुपमा नष्ट पारिदिए पछि किसानहरु चिन्तित वनेका छन्। त्यस्तै रुपन्देहीका विभिन्न क्षेत्रमा पनि भिषण असिना पानी वर्षा भएको छ।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग