Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रिय जनमोर्चाद्धारा संघियता विरुद्ध प्रदर्शन

Published on 6:19:00 PM //


नरेश भण्डारी
जेठ १० गते, राष्ट्रिय जनमोर्चा गुल्मीले संघियताको विरुद्धमा ०६९ जेठ १० गते तम्घासमा र्‍याली तथा कोण सभा सम्पन्न गर्‍यो ।
तोकीएको समयमा संविधान जारी गर, संघियता चाहिंदैन देश टुक्राउन पाईदैन, हिमाल पहाड तराई कोही छैनन् पराई, जातीय सद्भाव कायम गरौं लगायतका नारा लगाउँदै बजार परिक्रमा गरेको र्‍याली लाँकुरी मञ्चमा पुगेर कोण सभा परिणत भयो । कोण सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य जीवन रानाले संघियता विस्तारवादीहरुलाई अतिक्रमण गर्न टेवा पुर्याउने साधनमात्र भएको र यसले देशलाई धरासाई बनाउने धारणा राखे ।
यसैगरी अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय कोषध्यक्ष छविलाल सर्तुङ्गी, युवकसंघका केन्द्रिय सदस्य ओक कुँवर, विद्यार्थी नेता योगेन्द्र काउछा र तारा कुँवर लगायतका वक्ताहरुले जातीय सद्भाव र अखण्ड नेपालले मात्र नेपाल संम्वृद्ध हुने धारणा राखे ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग