Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पेन्सनको समयमा बजार अनुगमन

Published on 9:35:00 PM //


टोपलाल अर्याल
तम्घासमा चलिरहेको पेन्सन क्याम्प परिसरका विभिन्न पसलहरुको जिल्ला प्रशासन कार्यालयले अनुमन गरेको छ । तम्घासको क्याम्पस रोड देखि रेसुङ्गा वहुमुखी क्याम्पको गेटसम्म रहेका होटल, फेन्सी पसलहरु, किराना पसल, औषधी पसलहरुको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा आँखाको परिक्षण बिना विक्रि गर्ने गरिएको चश्मा पसल बन्द गरिएको गरिएको सहायक प्रमुख जिल्ला अधिकारी वावुराम अर्यालले जानकारी दिनुभयो ।
त्यस्तै बिना दर्ता संचालन गरिएको फेन्सी पसल, औषधी पसल लगायतका पसलहरुलाई दुई दिनभित्र व्यवसाय दर्ता प्रमाणपत्र लिन र दर्ता नै नभएका पसलहरुलाई दर्ता गरेर मात्र संचालन गर्न सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले निर्देशन दिनु भएको थियो ।
अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजु शर्मा, उद्योग वाणिज्य संघ गुल्मीका महासचिव कृष्णप्रसाद पोखरेल, नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, होटल व्यवसायी मञ्च गुल्मीका युवराज भण्डारी, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य जनार्दन घिमिरे, नेपाल पत्रकार महासंघकी सदस्य गगनशिला खड्का सहितको टोलीले बजार र पसलहरु अनुगमन गरेको हो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग