Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अप्डेट: अग्नि एअरको विमान दुर्घटना, १५ जनाको मृत्यु, ६ जनाको जीवित उद्दार

Published on 10:56:00 AM //




१ जेठ, काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको अग्नि एयरको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । विमानमा सवार ६ जनाको विजितै उद्धार गरिएको छ । उनीहरुको मनिपाल हस्पिटलमा उपचार गरिँदैछ ।

सोमबार विहान ९ बजेर ४४ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको अग्नि एयरको 9 N AIG विमान जोमसोम विमानस्थल नजिकैको डाँडामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । विमानमा चालक दलका ३ सदस्यसहित मुक्तिनाथको दशर्नका लागि हिडेका १६ भारतीय र २ विदेशी गरी २१ जना सवार थिए । उनीहरुमध्ये विमानमा क्याप्टेन प्रभुशरण पाठक, सहचालक एसडी महर्जन र १३ जना भारतीय नागरिकको मृत्यु भएको छ ।

घाइते मध्ये विमान परिचारिका रोशनी सैंजुसहित ३ भारतीय र २ जना तेस्रो मुलुकका नागरिक रहेका छन् । उनीहरु मध्ये एक भारतीय नागरिकको अवस्था गम्भीर रहेको छ । धौलागिरी यातायातले नयाँ बस सञ्चालन गर्न नपाईने माग गर्दै पोखराका सडकहरुमा बस राखेर जाम गरेका कारण विरामीलाई अस्पतालसम्म लान गाह्रो भएको थियो ।

जोमसोममा अवतरणका क्रममा समस्या आएपछि पोखरा र्फकने क्रममा विमान जोमसोम बजारबाट करिव ५० मिटर पछाडीको डाँडाको ठोक्किएर दुर्घटना भएको नागरिक उड्डयन्त्र प्राधिकरण पोखराका प्रमुख प्रतापबाबु तिबारीले जानकारी दिनुभयो । नेपाली आकासमा अहिलेसम्म ७१ बटा विमान दुर्घटना भएको छ, जसमा परि ३ सय भन्दा बढीको मृत्यु भएको छ ।

यसैबीच विमान दुर्घटनाको घटनाप्रति प्रधानमन्त्री डा. वावुराम भट्टराईले दु:ख व्यक्त गर्नु भएको छ । सोमवार विज्ञप्ती जारी गरी उहाँले दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ भने घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ । दुर्घटनामा परेकाहरुको उद्धार तथा घाइतेको उपचारका लागि निर्देशन दिइससको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै माओवादी, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, काठमाडौंस्थित भारतीय दूताबास लगायतले पनि घटनाप्रति दुख व्यक्त गरेका छन् ।

यस्तै मृतकका परिवारलाई क्षतिपूर्ति दिन, घाइतेको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न माग गरेको छ । माओवादी प्रवत्ता दिनानाथ शर्माले विज्ञप्ती जारी गरि दुर्घटनाको कारण छानविन गरी निजी तथा सरकारी हवाई सेवामा संरचनागत सुधारका कार्यलाई पनि प्रभावकारी ढंगले अगाडि सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

कांग्रेस नेता पौडेलले घाइतेको उपचार गर्न तथा घटनाको सत्यतथ्य पत्ता लगाई आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन गम्भीर सतर्कता अपनाउन माग गर्नु भएको छ ।


मृत्यु हुने
१) के. मामान्या
२) एसके अरोरा
३)एम हान्डा
४) एम अरोरा
५) आर हान्डा
६) के अरोरा
७) टी सचदेव
८) जी सचदेव
९) सानाइम सुधार
१०) लथा इकाम्बादे
११) जी रमन
१२) श्रीमान्  कुमार
१३) श्रीमती कुमार


घाइते यात्रुहरु
आर एन्ड्रीअस र टी इमिली (डेनमार्क)
बालिका तिरुमाला किदाम्बी श्रीवर्द्धिनी र तिरुमाला किदाम्बी श्रीपाद  (भारत)
एयर होस्टेज रोसनी हाइजु (नेपाल)
पाँचैजनाको अवस्था सामान्य, अस्पतालबाट उपचारपछि घर फर्कन लागेका।
तिरुमाला किदाम्बी श्रीकान्थ (भारत)  मणिपाल शिक्षण अस्पतालमा आइसीयुमा उपचाररत

हेरौ दुर्घटनास्थलको भिडियो:


अन्लाईनखबर डट कम र नागरिकन्युज डट कमबाट
तस्वीर : एपी


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग