परिवारले घर निकाला गरेको भन्दै प्रशासनमा उजुरी
Published on
8:48:00 PM //
नरेश भण्डारी
मुसिकोट गाविस-२ जलजले निवासी २३ वर्षीया ममता थापाले आफुलाई परिवारले खानलाउन नदिएर घर खाली गर्न भन्दै यातना दिएको जनाउँदै ०६९ जेठ १७ गते जिल्ला प्रशासन कार्यालयमा एक उजुरी दिएकी छन् ।
पीडितका २७ वर्षीय पति वद्धबहादुर थापा एक महिनादेखि लुकिछिपी हिडदै आएको र ससुरा छविलाल थापा लगायत परिवारका सदस्यले छोराको अर्को विवाह गर्नेका लागि घर छोड्न भन्दै यातना दिएपछि आफु घर छाडेर आठ महिनाको छोरासहित माईत बस्दै आएको ममताले बताइन् ।प्रशासनले ०६९ जेठ २५ गते छोरासहित हाजिर हुन आउन आरोपित छविलाल थापाको नाममा पुर्जी काटेको छ ।









