बाबुराम भट्टराईको छोरीलाई लाईन मार्ने जेलमा
Published on
8:52:00 AM //
चानचुने होइन, प्रधानमन्त्री पुत्रीलाई ताक्ने एक युवकले जेलमा हावा खानु परेको छ । १२ दिन अघि पक्राउ परेका उनी महानगरीय प्रहरी परिसर काठमाण्डौको हिरासतमा रहेका छन् ।
प्रधानमन्त्री डा बाबुराम भट्टराईकी पुत्री मानुषीलाई पटक पटक प्रेम प्रस्ताव राखेर सताएका पाल्पाका अर्जुनप्रसाद न्यौपाने जेलमा परेका हुन् । त्रिभुवन विश्व विद्यालयमा अध्ययन गर्ने उनले फोनबाट मनुषीलाई बारम्बार ‘प्रपोज’ गरेका थिए । हैरान भएर मनुषीले प्रहरीलाई मौखिक उजुरी समेत दिएकी थिईन् ।

प्रहरीले दिएको जानकारी अनुसार मनुषीले मौखिक उजुरीमात्र गरेकी थिईन भने लिखित उजुरी उनका हितैषी अञ्जनाले गरेकी थिईन् । अञ्जनाकै उजुरीका आधारमा न्यौपाने विरुद्ध कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।
अन्लाईन खबर डट कम