Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सर्वोच्चका न्यायाधीश बमको गोली हानी हत्या

Published on 8:55:00 PM //



र्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको अज्ञात समूहले गोली हानी हत्या गरेको छ । बंगलामुखी मन्दिरमा पूजा गरेर फर्कँदै गरेका न्यायाधीश बममाथि ललितपुरको शंखमुलस्थित यूएन पार्क नजिकै अज्ञात समूहले गोली हानेको थियो ।

आक्रमणमा गम्भीर घाइते भएका न्यायाधीश बमको थापाथलीस्थित नर्भिक अस्पतालमा उयपचारका क्रममा मृत्यु भएको हो । अत्याधिक रक्तश्रावका कारण बमको मृत्यु भएको अस्पतालका निर्देशक भरत राउतले जानकारी दिनुभयो ।

पल्सर मोटरसाइकलमा आएको समूहले बा ८ च ९८५३ नम्बरको गाडीमा सवार बममाथि विहान ११ बजेतिर गोली प्रहार गरेको थियो । निकै साँघुरो सडकमा मोटरसाइकल आएपछि साइड दिन गाडी रोकेको समयमा बममाथि गोली प्रहार भएको थियो । न्यायाधीश बमको मुख, घाँटी, छाती र हातमा गोली लागेको प्रहरी महानिरीक्षक रविन्द्रप्रातप शाहले सञ्चारकर्मीहरुलाई जानकारी दिनु भएको छ । घटनास्थलमा ५ ओटा गोलीको खोकासमेत भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा ‘अमर नेपाल’ नामक पार्टीको पर्चा भेटिएको छ । उक्त पर्चामा देशलाई अधोगति तिर धकेल्ने सबैको अवस्था यस्तै हुने उल्लेख छ ।

घटनामा न्यायाधीश बममा अंग रक्षक महेश गिरी र सँगै रहेका कलाकार दिपकराज गिरीका बुबा रामजी गिरीको भने अस्पतालमा उपचार भइरहेको छ । दुबैको सशल्यक्रिया भएको छ । उहाँहरुको अवस्था खतरामुक्त नरहेको बताइएको छ । बमका गाडी चालक अश्व लामालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

न्यायपरिषद्ले महाअभियोग लगाउन सिफरिस गरेपछि बमले लामो समयदेखि काम गर्नु भएको थिएन ।

यसैबीच न्यायाधीश बमको हत्याको विरोधमा आइतबार देशभरका सबै न्यायालय बन्द गरिने भएको छ । सर्वोच्च अदालतले पत्रकार सम्मेलन गरी बमको शव भोलि श्रद्धान्जलीका लागि सर्वोच्चमा राख्ने र भोलि नै अन्तिम संकार गर्ने बताएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग