Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेखाबाट ‘सेक्स पिडीत’ भएँ: छवि ओझा

Published on 8:18:00 PM //



सम्बन्ध बिग्रनुमा सेक्स र सम्पत्ति मुख्य



विजय आवाज

नायिका रेखा थापा र निर्माता छविराज ओेझा विचको सम्वन्ध बिग्रने क्रम उत्कर्षमा पुगेको छ । रेखाले आफुलाई श्रीमान्को व्यवहार नगरेको भन्दै पति छवि ओझाले सार्वजनिक रुपमा दुखेसो पोख्न थालेका छन् ।

उनीहरुकै कुरा पत्याउने हो भने दुवैवीच बोलचाल नभएको १० महिनाभन्दा बढि भइसक्यो । रेखाले गुहृश्वरी स्थित छवि र उनको घर छोडेर वाहिर वस्न थालेको २ महिना भैसक्यो । रेखाले छविलाई आफ्नो श्रीमान् भन्दा पनि बाबु आर्थात अभिभावकको रुपमा हेरेको बताउँछिन् ।

पत्नी रेखासँग सम्बन्ध बिग्रकोबारे अनलाइनखबरसँग छविले लामै कुराकानी गर्दै केही नयाँ रहस्यहरु खोलेका छन् । दुई वीचको सम्बन्ध बिग्रनुमा सेक्ससम्बन्ध ठिक नहुनु जति जिम्मेवार छ, त्यो भन्दा बढि सम्पत्तिको लफडा रहेको छविले प्रष्टै खुलाएका छन् । प्रस्तुत छ अनलाइनखबरका लागि बिजय आवाजसँग उनले पोखेको पीडा उनकै भाषामाः

रेखाका लागि अहिले मेरो घर माईती जस्तै भएको छ भने उसको घर घर जस्तै भएको छ । उ दुई महिना भयो घर नआएको । अव, भन्नुहोस् यसलाई मैले के भन्ने ? यदि, उसले मलाई श्रीमान् मान्ने हो भने, घरमा आउनु पर्यो, श्रीमान् श्रीमतीको सम्वन्धमा वस्नुपर्यो । उसले मलाई अभिभावक मान्ने हो भने, अव उसले मलाई हेर्नु पर्छ कि पर्दैन ? अव वुढेसकाल लाग्दै गरेको मेरो जिन्दगीलाई उसले हेर्नुपर्छ कि पर्दैन ? मसग त आज केही पनि छैन । न त मसँग रेखा नै छ, छोराछोरीले पनि उमेरमा तरुनी च्यापीस् भनेर मलाई रुचाउँदैनन् । रेखाले पनि नहेर्ने, छोराछोरीले पनि नहेर्ने हो भने, अव मेरा लागि त सवैभन्दा ठुलो कुरा पैसा नै हो । यसैले मलाई वाउ भन्ने हो भने उनको नाममा मैले पास गरिदिएको घर मेरो नाममा पास गरिदिनुपर्यो नि । उनले त केही पनि उतरदायित्व निर्वाह गरेकी छैनन् । अव मेरो वुढेसकालको साहारा के त ? मेरो प्रष्ट भनाई, उनको नाममा भएको सम्पत्ती मेरो नाममा पास गरिदिनुपर्यो, अनि मलाई बाबा भन्नु पर्यो । उनीसँग त उमेर छ, नेपालको नम्वर १ नायिका हुन, अझै पनि कमाउन सक्छिन् । तर मसँग केही छैन, जे कमाएँ सवै उनकै नाममा गरिदिएँ ।

यदि लोग्ने नै भन्ने हो भने त, रातको १२ वजे आउँदा मैले किन सोध्न नपाउने कि उनी कहाँ गएकी थिइन ? म कुनै केटीसँग वोल्दा उनी गलफ्रेन्डको आरोप लगाउँछिन भने, मैले उनलाई त्यति सोध्ने अधिकार पनि पाउँदिन ?

रेखाले एकपटक छविसँग मेरो संसर्ग नभएको ६ महिना भएको थियो भनेर अन्र्तवार्ता दिएकी थिईन् । यदि यस्तो हो भने त म रेखावाट कत्तिसम्म सेक्स पिडित भएको रहेछु, सवैले अनुमान गर्न सक्छन् । रेखाबाट मैले श्रीमतीका रुपमा बेडमा जे पाउनुपर्ने हो त्यो पाउन सकिन् । रेखाले मबाट पिडीत भएको भन्छिन । खासमा म रेखाबाट सेक्सको मामिलामा पिडीत छु ।

विहे गरेपछि पनि रेखाको हातवाट मैले १ कप चिया खान पाएको छैन । विहान म चाडै उठ्थें, उनी १० वजे मात्र उठ्थीन् । तर, विस्तार मै मिलाउँथे, म रेखाको श्रीमान् भन्दा पनि नोकर जस्तो भएँ । रेखाले अहिले मलाई एउटा आरोप लगाईरहेकी छिन् । मेरो यसभन्दा अघिका दुई श्रीमती पनि मसँग टिकेनन् भनेर । तर, विहे गर्ने वेलामा त मैले सवै कुरा भनेको थिएँ । उसको ममि, ड्याडिलाई सवै कुरा थाहा थियो । यदि सवै कुरा थाहा हुँदा हुँदै पनि रेखाले मसँग किन विहे गरेको त ?

म त भन्छु, राम्रो केटासँग विहे गर । म अहिले ट्यावलेट खाएर सुतिरहेको छु । रेखालाई कहिले छवि मर्ला र सम्पत्ती खाउँला भन्ने छ । मैले सिनेमा क्षेत्र त वचाएँ, तर आफ्नो घरपरिवारलाई वचाउन सकिन । यसमा म दुखित छु ।

पहिला विहे गर्ने अनि अहिले आएर सकिएको कुरा उक्काएर मलाई गलत देखाउन खोज्ने चाल मात्र हो रेखाको । उनको दाईको विहेमा पनि कसैले मलाई वोलाएन । यो परिवारको योजना नै थियो । योजना वुनेर मवाट रेखा टाढा हुने र मलाई नै दोषी देखाउने खेल भईरहेको छ रेखाको परिवार भित्र । मैले त विहे गर्दा गाडि किनीदिन्छु, घर पास गरीदिन्छु भनेको थिएँ, जुन मैले पुरा गरे । तर, उसले यदि मलाई अभिभावक मान्छे भने, अव मेरो साहारा भनेको पैसा नै हो । मेरो सारा सम्पत्ति उनैसँग छ । त्यो मलाई फिर्ता चाहिन्छ ।

अन्लाईनखबर डट कमबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग