Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नक्कली कागजपत्र बनाउने दश बर्षपछी पक्राउ, जेल चलान

Published on 2:51:00 AM //


गगनशिला खड्का
गुल्मी २९ बैशाख । सरकारी छाप दस्तखत प्रयोग गरी किर्ते कागजपत्र बनाएको अभियोगमा प्रहरीले १० वर्ष अघिदेखि फरार अभियुक्तलाई पक्राउ गरी जेल चलान गरेको छ। २०५९ साल असार ३० गते जिल्ला अदालत बाँकेले उक्त अभियोगमा एक वर्ष कैद सजाय र ५० रुपैया जरीवानाको फैसला गरेको तम्घास १ वस्ने किरण कुँवर र अर्जे १ वस्ने शिवलाल कुवँरलाई जिल्ला प्रहरी कार्यलय गुल्मीले पक्राउ गरी अदालतमा पेश गरिएको र अदालतले जेल चलान गरेको प्रहरी नायव उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो। बाँके जिल्ला अदालतले मुलुकी ऐन २०२० को कृते कागज सम्बन्धि महल अनुसार कवँरद्वयलाई एक वर्ष कैद सजाय फैसला गरेकोले उक्त म्यादसम्मका लागि उनीहरुलाई कारगार चलान गरिएको उहाँले वताउनुभयो। प्रहरीका अनुसार अदालतले कुन काजग पत्रमा किर्ते छाप दस्तखत प्रयोग गरे भन्ने कुरा खुलाएको छैन। यद्यपी यातयात व्यवसायी भएको हुँदा ती दुई व्यक्तिले सवारी चालक अनुमति पत्रमा किर्ते छाप र सही प्रयोग गरेको हुनसक्ने प्रहरीको अनुमान छ। वर्षौदेखि फरार अभियुक्तहरुलाई पक्राउ गर्ने काम प्रहरीले तिव्र पारेको भन्दै प्रहरी नायव उपरीक्षक वैदवारले सवैपक्षको सहयोगको आग्रह गर्नुभएको छ।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग