Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रहरीलाई अक्रमण गर्ने प्रहरी र शिक्षक विरुद्ध मुद्दा

Published on 2:53:00 AM //


गगनशिला खड्का
गुल्मी २९ बैशाख । गस्तीमा हिडेका प्रहरी जवानहरुलाई आक्रमण गर्ने एक शिक्षक सहित शसस्त्र प्रहरीका एक जवान विरुद्ध जिल्ला प्रहरी कार्यलय गुल्मीले सार्वजनिक अपराधको मुद्दा अदालतमा दायर गरेको छ। बैशाख १९ गते साँझ करिव ९ बजेको समयमा पौदीअमराई इलाका प्रहरी कार्यलय इस्मा रजस्थलबाट अर्जै गाविसमा गस्तीमा पुगेका प्रहरी जवान हाकिम अली, भेषराज न्यौपाने, मोहन सिह पल्लीलाई आक्रमण गरी निर्घात कुटपिट गर्ने अर्जे १ निवासी ससस्त्र प्रहरी जवान लोकबहादुर अधिकारी  र अर्जे उच्च माध्यमिक विद्यालयका शिक्षक जोरासिँह पुन विरुद्ध सार्वजनिक अपराधको मुद्दा दायर गरिएको हो।
नवलपरासी स्थित सिमा सुरक्षा कार्यलयमा कार्यरत ससस्त्र प्रहरी जवान अधिकारी र रुकुम शालापाखा घर भई अर्जे उच्च माविमा गणित विषय शिक्षक पुनले गस्तीमा गएका ती प्रहरी जवानलाई विना कारण एक्कासी समातेर कुटपिट गरेको पिडित प्रहरी जवानहरुले बताएका छन्। शसस्त्र प्रहरी जवान अधिकारी र शिक्षक पुनविरुद्ध सार्वजनिक अपराध सम्बन्धि मुद्धा दर्ता गरीएको र उनीहरुलाई हिरासतमा लिइ अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग