Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलित विद्यार्थीलाई एक करोड बढी छात्रवृति

Published on 2:49:00 AM //


गगनशिला खड्का
गुल्मी २९ बैशाख । जिल्ला शिक्षा कार्यलय गुल्मीले गत शैक्षिक सत्रमा गुल्मीका दलित छात्र छात्राहरुलाई एक करोड रुपैया भन्दा बढी छात्रवृति वितरण गरेको छ । कार्यलयले दिएको जानकारीअनुसार १ देखि कक्षा ८ सम्मका १९ हजार ६ सय ८ जना दलित विद्यार्थीहरुलाई ४ सयका दरले ७८ लाख ४३ हजार २ सय रुपैया र कक्षा ९ देखि १० सम्मका १३ सय ८१ जना दलित छात्र छात्राहरुलाई १४ लाख ७० हजार ७ सय ६० रुपैया छात्रवृद्धि वितरण गरिएको छ।
हरेक विद्यालयमा सो रकम पुगेको छ। यदी कुनै दलित छात्र छात्राहरुले छात्रवृति नपाएको भए जिल्ला शिक्षा कार्यलयमा उजुरी दिन जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले बताउनुभयो। त्यस्तै दलितका नाममा गैरदलित छात्र छात्राहरुले छात्रवृति लिएको भए उजुरी दिन उहाँको आग्रह थियो। सो कार्यलयले जिल्लाका ३० हजार ६१ जना छात्रहरुलाई १ करोड २० लाख २४ हजार ७ सय रुपैया छात्रवृति वितरण गरेको छ। फर्जी विद्यार्थी र विद्यालय समेत फर्जी पाएपछि जिल्ला शिक्षा कार्यालयले यस वर्ष विद्यालयको फोटो समेत अंकित गर्दै विद्यालय प्रोफाईल तयार गरेको छ। यसवाट झोलामा सिमित हुने विद्यालयहरुको अन्त्य हुने जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले वताउनुभयो।


Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग