Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा मामा-माईजुको हत्या गरी फरार २ व्याक्ति अर्घाखाँचीमा पक्राउ

Published on 2:55:00 AM //


गगनशिला खड्का
गुल्मी २९ बैशाख । आफ्नै मामा माईजुको हत्या गरी फरार रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले दुई जनालाई पक्राउ गरेको छ। यसरी पक्राउ पर्नेमा अर्घाखाँचीको खन गाविस वार्ड नं. १ वस्ने २१ वर्षीय टिकाराम सुनार विक र १८ वर्षीय तुलसी विक रहेको प्रहरीले जनाएको छ। वैशाख २४ गते राती फलामको हतौडा प्रहार गरी गुल्मी हस्तिचौर ६ का दम्पत्ती ७५ वर्षीय भविलाल विक र ७४ वर्षीय सेती विकलाई हत्या गरी फरार रहेको अभियोगमा अर्घाखाँची धनचौर ९ पाकु देउरालीवाट स्थानीय वासिन्दको सहयोगमा विहीवार साँझ जिल्लावाट गएको नायव निरीक्षक प्रकाश चन्द्र घिमिरेलेको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुले आफ्नै मामा माईजुको हत्या गरेपछि जिल्लाको खन गाविसमा रहेको एक ओडारमा आफुहरुले लगाएको पाईण्ट, सर्ट सहितको झोला राखेर भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। अनुसन्धानको क्रममा उनीहरुले आफ्ना मामा माईजुको हत्या गरेको स्वीकार गरेका छन्।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग