Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निराशाका विच मनाईयो गणतन्त्र दिवस

Published on 10:27:00 PM //


विष्णु पौडेल
२४० वर्षे इतिहास वोकेको राजतन्त्र अन्त्य भई नेपालमा गणतन्त्र स्थापना भएको दिन आज । २०६२÷६३ को जनताको १९ दिनसम्मको आन्दोलन, माओवादीको १० वर्षे शसस्त्र युद्धको परिणाम स्वरुप २०६४ साल चैत २८ गते नेपालको इतिहासमा पहिलो पटक संविधानसभाको चुनाव भयो । ६०१ सदस्यीय संविधानसभाले २०६५ जेठ १५ गते नेपाल गणतन्त्रात्मक राष्ट्र भएको घोषण ग¥यो । दुई वर्षमा संविधान निर्माण गर्ने कार्यभार वोकेको संविधानसभा पटक पटक गरी ४ वर्षसम्म म्याद थपिएपनि दलहरुकै हानथापले संविधान निर्माण हुन नसकेपछि आईतवार रातीवाट विदा भयो । संविधानसभाको अवसान भएको अर्को दिन परेको गणतन्त्र दिवस मनाउन सरकारले केही दिन अघि विभिन्न कार्यक्रम सार्वजानिक गरेको थियो । तीन दिनसम्म भव्यताका साथ गणतन्त्र दिवस मनाउने सरकारको लक्ष्य निरास भयो ।
गुल्मीमा गठन भएको गणतन्त्र दिवस समारोह समितिको संयोजकत्वमा भएको विहान निकालिएको पञ्चेवाजा सहितको र्‍यालीमा सवै मौन देखिन्थे । प्राय गरेर र्‍याली तथा सभा समारोहमा उल्लासपुर्ण देखिने सवैको चेहरा विहानको पञ्जेवाजा सहितको र्‍यालीमा मलिन देखिन्थ्यो । गुल्मी सदरमुकाम तम्घासको लाँकुरीमञ्चवाट विहान पञ्चेवाजा सहितको र्‍याली निस्कियो । र्‍यालीमा जिल्ला स्थित विभिन्न राजनितिक दलका प्रतिनिधी, सरकारी कार्यलयका प्रमुख, संघसस्थाका प्रमुख, नागरिक समाज सञ्चारकर्मी विद्यार्थीको सहभागिता थियो । तम्घास वजार घुमेर फेरी लाँकुरीमञ्चमा आउँदा र्‍यालिमा सहभागिहरु आन्तरिक कुरामै व्यस्त थिए । अघिपछि अन्य कुराकानीमा व्यस्त हुने गरेपनि आज भने समुह समुह, साथी साथी वनाई अव देश कुन दिशातिर जाने हो भन्नेमा सवैको चिन्ता थियो ।
वजार परिक्रममा पछि लाँकुरीमञ्चमा भएको सभामा वोल्ने वक्ताहरु सवैले संविधान जारीको खुसीयालीमा र्‍याली निकाल्नु पर्ने भएपनि संविधान सभाको विगठन पछि गणतन्त्र दिवसको अवसरमा निकालिएको र्‍यालीको उत्साह नभएको गुनासो गरेका थिए । उनीहरुले संविधानसभा विगठन भएकोमा दुखेसो पोखेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल, नेकपा माओवादीका जिल्ला सहइन्चार्ज निम वहादुर पाण्डे, नेकपा एमालेका जिल्ला अध्यक्ष वोम वहादुर खड्का, नेपाली कांग्रेसका जिल्ला उपसभापति भुवनप्रसाद श्रेष्ठ, राष्ट्रिय जनमोर्चा गुल्मीका अध्यक्ष जीवन राना, राप्रपाका अध्यक्ष भरत चन्द लगायतले आफ्नो विचार राखेका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग