Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विदेशबाट नेपाल फर्केका खनाल काठमाडौँमै हराए

Published on 6:56:00 PM //

प्युठान, ६ जेठ । खाडी मुलुक दुबईबाट घर फर्किएका प्युठान खैरा-१ का धनप्रसाद खनाल काठमाडौँमै हराएपछि उनका परिवार चिन्तित भएका छन् । 'वैदेशिक रोजगारका लागि दुबई जानुभएका श्रीमानले यही जेठ ३ गते राति आफू काठमाडौँ आएको भनी ४ गते बिहान घरमा संपर्कs गर्नुभएको थियो । तर काठमाडौँ आएको तीनदिन बितिसक्दा पनि  उहाँ संपर्क बाहिर रहनुभएको' उहाँकी श्रीमती नारायणी खनालले बताउनुभयो ।
'कुराकानीका क्रममा आफू काठमाडौँको एक गेष्ट हाउसमा बसिरहेको र अहिले १० मिनेटपछि फेरि फोन गर्छु भन्नुभएको उहाँ अहिलेसम्म संपर्कमा हुनुहुन्न'- नारायणीले भन्नुभयो ।  होटलको नाम खुल्न नसकेको र पहिलो दिन संपर्क गरेको टेलिफोन नम्बरमा फोन गर्दा उनीहरुसहित चारजना होटल छोडेर गएको भन्ने होटल मालिकले जानकारी दिएको प्रहरीले जनाएको छ । खनालका परिवारले उहाँको खोजतलासका लागि काठमाडौँ प्रहरीमा फोटोसहित हुलिया दिएका छन् भने उहाँको खोजबिनका लागि जिल्लाका पत्रकार र मानवअधिकारकर्मीहरुसँग पनि अनुरोध गरेका छन् । खनालका एक छोरा र एक छोरी छन् । रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग