Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अर्का एक नेपालीद्वारा लिङ्ग परिवर्तन, केटालिन पन्त भन्दा पहिले नै लिङ्ग परिवर्तन गरेको दाबी

Published on 7:05:00 PM //


"नेपालमा श्रीमती सहित २ छोरा छन, भारतमा ब्वाईफ्रेण्ड छ रे तर अझै बिहे गर्न नेपालमै उपयुक्त युवाको खोजी गर्दै "


वर्दिया जमुनि ६ का ३० बर्षिया  लालबहादुर सुनारको नाम फेरिएको छ, रानी कुँवरको रुपमा । लालबहादुर सुनारका घरमा श्रीमती र दुइ छोरा छने । रानी कुँवर बनेपछि उंहा दुलाहाको खोजीमा हुनुहुन्छ । मन त मेरो विहे गर्नेछ, नेपालगन्जमा विहिवार उहाँले भन्नुभयो देख्नमा राम्रो, बलवान केटा पाए विहे गर्न तयार छु । एक दशक अघि घरवाट  भारत पुगेका लालवहादुरले अहिले लिङग परिवर्तन गर्नुर्भएको छ महिलाका रुपमा । उहाँ एउटी सुन्दर महिला बन्नुभएको छ । भारतको मुर्म्बईमा तीन लाख भारतिय रुपियामा लिङग परिवर्तन गरेको उहाले जानकारी दिनुभयो  ।
यसैगरि एक लाख रुपियामा छातीको शल्यक्रिया गरेपछि उहाँ पूर्ण  महिला बनेको बताउनुहुन्छ  । मुर्म्बईमा मेरो २३ बर्षे व्वाइफ्रेन्ड पनि छ कुराकानीका क्रममा अलि खुलस्त हुदै उहाँले भन्नुभयो फ्रेण्डशिप राम्रो चलेको छ । आफु महिला बनेपछि श्रीमती र दुई छोरालाई भेट्दा माया लागेको उहाले बताउनु भयो । लिङग परिवर्तन गरेको आठ वर्षभएको उहाले जानकारी दिनुभयो । लिङग परिवर्तनपछि आफु पटक पटक नेपाल आएको उहाँको भनाई छ ।
आफु जन्मजात तेस्रो लिंगी भएको बताउदे उहाँले घर परिवारले दवावमा विहे गरिदिएकाले सन्तान जन्मिएको दावी गर्नुभयो । आफु घरमा बस्दासमेत दिदीको लिपिस्टिक लगायतका सामान प्रयोग गर्ने गरेको उहाँले बताउनु भयो । आफु गरिव परिवारको भएकाले शारिरिक अशक्त भए पनि गाउँकै धनी परिवारकी युवतीसंग विहे भएको केहि बर्षमै भागेर भारत पुगेको उहाँको भनाई छ । एक साताअघि वर्दिया स्थित आफ्नो घरमा पुगेको उहाँको भनाई छ ।  एक साताअघि बर्दियास्थित आफ्नो घरमा पुगेका उहाँलाई हेर्नको भीड लागेको थियो  । धेरैले राम्रो भने कतिले अचम्म माने उहाँले भन्नुभयो । उहाँ पछिल्लो समय नेपालगञ्जमा आवतजावत गरिरहनुहुन्छ । तर कसैले पनि उहाँलाई लिङग परिवर्तर्न गरेको भनेर पहिचान गर्न सक्दैनन् । आर्थिक अवस्थामा निकै कमजोर लालबहादुरले विवाहको केही वर्षै जन्माएर छोडेका छोरा विजय र विनय अहिले ६ र ९ कक्षामा पढिरहेका छन् । पारिवारिक दायित्व बहन नगरेर अपाङता भएकि श्रीमतीलाई छोडेको उजुरी परेपछि उहाँलाई जिल्ला प्रहरी कार्यालयले सोधपुछका लागि बोलायो । तर भोलिपल्ट सहमतिमै छोड्यो । स्रोत: गोरखापत्र

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग