Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पेन्सन क्याम्पमा चितुवा पस्यो, रुखबाट तस्बिर लिनेलाई रुखमै चढेर आक्रमण प्रयास

Published on 4:50:00 PM //


विष्णु पौडेल
गुल्मीको सदरमुकाम तम्घासमा जारी भारतीय पेन्सन क्याम पेरिसरमा विहान चितुवा पसेपछि पेन्सन वितरण कार्य केहीवेर रोकिएको थियो । विहान पाँच वजे पेन्सन क्याम्प परिसरमा चितुवा पसेको देखेपछि फैलिएको आतंकले पेन्सन वितरण कार्य प्रभावित भएको हो । यहि वैशाख २४ गतेदेखि जारी भारतीय पेन्सन क्याम्पमा पेन्सन वितरणको कार्य विहानै साढे ६ वजेदेखि शुरु हुने भएपनि चितुवाको आतङ्कले साढे दुईघण्टा ढिला गरी साढे ८ वजे पछि मात्र सुचारु भएको जिल्ला सोल्जरवोर्ड कार्यालय गुल्मीले जनाएको छ।
पेन्सन क्याम्प भित्र पसेको चितुवालाई कालीदत्त गुल्मका नेपाली सेना र जिल्ला प्रहरी कार्यालय गुल्मीको प्रहरी टोलीले झण्डै तीन घण्टाको लामो प्रयासपछि धपाएका थिए । वरिपरि तारवार गरेका कारण उक्त चितुवा वाहिर निस्कन नसकेपछि लगाईएको तारको जाली काटेर मात्र उक्त चितुवा वाहिर निस्केको थियो । चितुवा धपाउने क्रममा चितुवाको तस्विर लिन रुखमा चढेका प्रहरी जवानलाई चितुवाले सोही रुखमा चढि आक्रमणको प्रयास गरेको थियो तर प्रहरीको चातुर्यताका कारण उनी चितुवाको आक्रमणवाट वच्न सफल वनेका थिए । चितुवा पसेको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल, प्रहरी नायव उपरिक्षक राजकुमार वैदवार, कालीदत्त गुल्मका गुल्मपति सन्तोष कुमार थापा लगायत संचारकर्मिहरु समेत उक्त स्थानमा पुगेका थिए । चितुवा हेर्न विहानैदेखि सर्वसाधारणहरुको निकै घुँईचो लागेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग