Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाँसको भाटा पेटबाट छिरेर घाँटीमा निस्केका बालकको सफल शल्यक्रिया

Published on 9:48:00 PM //


प्रदिप मेन्याङ्बो
धरान, जेष्ठ १८ - बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शल्यचिकित्सकहरुले संसारमा विरलै हुने तर अत्यन्तै जोखिमपूर्ण अवस्थामा ल्याइएका सप्तरीको डिमन- ५ बस्ने महमद हुसैनको सफल शल्यक्रिया गरेका छन् ।

गत मंगलबार ४:५० बजे प्रतिष्ठानको आकस्मिक कक्षमा ल्याइपुर्‍याउँदा तीन फिट लम्वाइको बाँसको भाटाले  आन्द्रा, भुँडी र फोक्सो वारवार गर्दै घाँटीको देव्रेभाग छिचोलेको अवस्थामा १० वर्षीय ती बालकको सफल शल्यक्रिया भएको हो । उनको शरीरमा बाँस छिरेको पाँच घण्टापछि बीपी प्रतिष्ठानको आकस्मिक कक्षमा बाँसको भाटासंगै ल्याइएको थियो । घाँटी बाहिर निस्केको बाँसको चुचोमा सानो आन्द्रा र फोक्सोका केही मासुका टुक्राहरु उधिनिएको देखिएको अवस्थामा बालकलाई आकस्मिक कक्षमा पुर्‍याइएको थियो ।

सफल शल्यक्रिया पछि सघन उपचार कक्षमा भर्ना गरिएका बालक हुसैनको अवस्थामा क्रमिक सुधार आइरहेको र खतरा बाहिर रहेको जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा शल्यक्रियामा संलग्न प्रमुख चिकित्कसक प्रा डा. शैलेस अधिकारीले भने, 'बालकको शरीरमा बाँसको भाटा बायाँ पेटदेखि छिरेर सानो आन्द्रा हुँदै आमासय छेडेर बाँया फोक्सोको एक भाग छिचोल्दै घाँटीको देव्रे तिरबाट छिचोलेर निस्केको जोखिमपुर्ण अवस्थामा शल्यक्रिया भयो । चिकित्सा विज्ञानमा यस्ता घट्ना संसारमा विरलै हुने गरेका छन् । अहिले बालकको अवस्थामा सुधार हुदैछ ।' उनले शरीरको प्रमुख तीन अंगमा क्षति पुर्‍याएको अवस्थामा एकैपटक तीनै अंगको शल्यक्रिया गरेर मानिस बचाउनु चानचुने विषय नभएको बताए ।

र्दु  दशक लामो शल्यक्रियाको अनुभव संगालेका डा. अधिकारीले भने, 'यस्तो जटिल शल्यक्रिया चिकित्सकहरुले विरलै गर्नु पर्ने अवस्था आउँछन् । बालकको पेटबाट छिरेर बाँयाघाँटीबाट बाहिर निस्केको बाँसको भाटाले सानो आन्दा्रमा दुई ठाउ क्षति पुर्‍याएर तीन टुक्रा बनाएको थियो । आमाशय (भूँडी) मा पनि छेडेर फोक्सो सुरक्षित बनाउने मासुको मोटो पत्र डायफ्राम च्यातेर बाँया फोक्सोको केही भाग छिया छिया पार्दै घाँटी बाहिर निस्केको अवस्थामा शल्यक्रिया गरिएको हो ।'

हुसैन आफ्नो घर छेउको नरिवलको रुखमा चढेका बेला अचानक खुट्टा चिप्लेर झर्दा ठाडो पारेर गाडिएको बांसको भाटाले पेट देखि फोक्सो हुदै घाँटीसम्म छिचोलेको थियो । सानो आन्द्रा, ठूलो आन्द्रा, आमासयदेखि फोक्सो सम्म एउटै बांसको भाटाले उधिनेर क्षति पुर्‍याएको अत्यन्तै जटिल अवस्था भएकाले बालकको छातीदेखि पेट सम्म करिव १७ सेन्टीमिटर खोलेर सिलाएको डा. अधिकारीले बताए । शल्यक्रियमा यति ठुलो भाग विरलै खोलिने गरेको पनि उनले बताए ।

अस्पताल पुर्‍याउँदा उनी होसमै थिए । यस्तो अवस्थामा पनि बालकले होस नगुमाएकोमा चिकित्सकहरु समेत आश्चार्यचकित भएका थिए । तत्कालै शल्यक्रियाका लागि सिटी स्क्यान र अन्य टेस्ट गरेर शल्यक्रिया गरिएको प्राध्यापक डा. अधिकारले बताए ।

यदि बालकको शरीरबाट त्यो भाटा निकाल्ने प्रयास भएको भए बालकको तत्कालै मृत्यु हुन सक्ने थियो । उनले भने, 'धन्न बाँसको भाटा नचलाई जस्ताको तस्तै अवस्थामा आकस्मिक कक्षमा ल्याइपुर्‍याएकाले उपचार तथा शल्यक्रिया गर्न सहज भयो ।' उनले कुनै पनि त्यस्ता घट्नामा शरीरमा प्रवेश भएका छुरी, भाला, वा कुनै धारिलो र तिखो बस्तु नचलाई पहिले अस्पताल पुर्‍याउनु बुद्धिमानी ठहरिने बताए । बालकको शल्यक्रियामा डा. अधिकारी र डा. राजवंशीका साथै डा. अनङ्ग पंगेनी, डा. नारायण बेल्वासे, एनेस्थिेसियाका डा. सुजाता निरौला र डा. दिपेस धिताल संलग्न रहेका थिए ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा अरविन्द सिंहाले सघन उपचार कक्षमा राखिएका बालक महमुद हुसैनको उपचार खर्च पुरै निशुल्क गरिदिएको बताए । उनले यस्तो क्रिटिकल अप्रेसन चिकित्सा विज्ञानमा विरलै हुने गरेको बताए ।

घट्नापछि बालकसँगै विपि प्रतिष्ठानमा आएकी हुसैनका ठुलीआमा रोशना खातुनले हुसैनका बाबु मोहमद मनिर हाल मलेसियामा बैदेशिक रोजगारीमा रहेको बताइन् । उनले भनिन्, 'यस्तो अवस्थामा हुसैन बाँच्छ जस्तो लागेको थिएन । बीपी प्रतिष्ठानमा शल्यक्रिया पछि उसको स्वास्थ्यमा सुधार आएकाले अव धेरै आशा जागेको छ ।'

ईकान्तिपुरबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग