Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाल्पा-गुल्मी हत्याकाण्ड एउटै गिरोहबाट, प्रहरिद्वारा उनिहरुलाई सिरियल किलरको संज्ञा

Published on 2:32:00 AM //


गगनशिला खड्का
गत साता गुल्मी र पाल्पामा भएको हत्याकाण्ड एउटै आपराधिक गिरोहबाट भएको रहस्य खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले हत्यामा संलग्नहरूलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । हत्यामा संलग्न भएको आरोपमा अर्घाखाँची-१ का २१ बर्षिय टीकाराम सुनार, राजु भन्ने १९ बर्षिय तुलसी नेपाली र पाल्पा तानसेनका रोहित शाहीलाई पक्राउ गरिएको छ ।
'एउटै समूहबाटै दुवै हत्याकाण्ड भएको पत्ता लागेको छ,' प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले भने, 'फिल्मी शैलीमा हत्याकाण्ड मच्चाउने उनीहरू पक्राउ नपरेको भए अझ ठूला घटना घटाउने योजनामा थिए ।' उनीहरू सिरियल किलर रहेको प्रहरीको भनाइ छ ।
गुल्मीकै नयाँगाउँ-५ को किम्पानी जंगलमा लुकेर बसेको अवस्थामा टीकाराम पक्राउ परेपछि घटनाको रहस्य खुलेको प्रहरीले बताएको छ । प्रहरी नायब उपरीक्षक बैदवारले भने, 'गएराति किम्पानी जंगलमा टीकाराम पक्राउ परेपछि रातारात पाल्पा पुगेर तुलसी र शाहीलाई पनि पक्राउ गरेका हौँ ।' प्रारम्भिक अनुसन्धानमा तुलसी दुवै हत्याकाण्डका संलग्न रहेको खुलेको प्रहरीको भनाइ छ । तर, शाही पाल्पा र सुनार गुल्मी घटनामा संलग्न रहेको बैदवारले बताए ।
२१ वैशाखमा पाल्पाको बराङ्दी-२ घारेखोलामा गाई चराउन गएका चिर्तुङ्धारा-८ माझटोलकी ६५ वषर्ीया भुनिकला गाहा र सोही ठाउँकी सिपाही बज्यै भनेर चिनिने ६० वषर्ीया कुमारी गाहाको हत्या भएको थियो ।
त्यसको चार दिनपछि गुल्मीकोे हस्तीचौर-६ राम्चेका ७६ वषर्ीय भविलाल विक र उनकी श्रीमती ७४ वर्षकी सेती विकको हत्या भएको थियो । गुल्मीका विक दम्पतीको हत्यामा संलग्न टीकाराम उनीहरूका आफ्नै भान्जा हुन् ।
हत्यामा संलग्न गिरोहले गहना र पैसाका लागि हत्या गरेको प्रहरीले जनाएको छ । हत्याराहरू भारतमा काम गर्ने र हत्याका योजनाका साथ भर्खरैमात्र नेपाल छिरेको प्रहरीको भनाइ छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग