Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वाख्रापालनको सार्वजनिक लेखा परीक्षण

Published on 6:06:00 PM //


भरत पाण्डेय
गुल्मी २६ जेष्ठ । गुल्मी क्षेत्र नम्बर तीनका विभीन्न ५ गाविसमा सञ्चालित खामदेश वाख्रा पालन समूहको सार्वजनिक लेखा परीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ । अर्खावाङ्ग, घमिर, छापहिले, मर्भुङ्ग, सिर्सेनी लगायतका गाविसलाई वाख्रा पकेट क्षेत्र बनाउनको लागी जिल्ला पशु सेवा कर्यालयले सञ्चालन गरेको कार्यक्रमको सार्वजनिक लेखा परीक्षण अर्खावाङ्ग ठूलापोखरामा सम्पन्न गरीएको हो । जिल्लामा वाख्राको नश्ल सुधार गरी वाख्रा पकेट क्षेत्र बनाउनको लागी सञ्चालन गरीएको कार्यक्रम अन्तर्गत त्यस क्षेत्रका तीनसय किसानका घर घरमा बाख्रा उत्पादन कार्यक्रम शुरु भएको छ । कार्यक्रममा खामदेश वाख्रा पालन समूहका अध्यक्ष बिर बहादुर कार्कीले प्रस्तुत गर्नुभएको १० लाख रुपैयाँको सार्वजनिक लेखा परीक्षण भएको थियो । तीन वर्षको अवधिमा तीन सय परीवारमा वाख्रा खरीद, औषधी, खोर सुधार, लगायतका काममा उक्त रकम खर्च भएको थियो । ती गाविसका तीन सय किसानले १५ सय भन्दा बढी बाखा पालन गरेको र बार्षिक ५ देखि ५५ हजार सम्म आम्दानी लिन शुरु गरेको बताउनुभएको थियो । जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा हरी बहादुर कुँवरले उक्त क्षेत्रमा वाख्रापालन गरी जिल्लामै नमुना क्षेत्र बनाउने उद्धेस्य रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल, विशेष आतिथी स्थानिय विकाश अधिकारी हरीप्रसाद ज्ञवाली र डिएसपि राजकुमार बैदवार, अतिथीहरु जिल्ला पशुसेवा कार्यालय प्रमुख डा हरी बहादुर कुँवर, कृषि विकाश बैँकका प्रमुख गोपाल गैरे, कृषि विकाश कार्यालयका वागबानी विकाश अधिकृत फटक बहादुर थापा, पशु विकाश अधिकृत डा महेन्द्र मल्ल, पत्रकार महासंघका सचिव भरत पाण्डे, सञ्चारीका समूहकी अँचल सदस्य गगनशिला खड्का लगायतले किसानहरुलाई सरकारी रकमको सही सदुपयोग गरी नमुनायोग्य काम गर्न किसानहरुलाई सुझाव दिनुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग