Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शान्तिपुरमा सिवाइसीको लघुवित्त केन्द्र तथा संजालको क्षमता विकास तालिम सम्पन्न

Published on 3:13:00 AM //


तेजेन्द्र थापा
"लघु कर्जा विपन्नलाई उर्जा" भन्ने नाराका साथ सिवाईसी नेपालले आयोजना गरेको लघुवित्त केन्द्र तथा संजालको क्षमता विकास तालिम २०६९ गुल्मीको शान्तिपुरमा सम्पन्न भयो । सिवाईसी नेपालका अध्यक्ष चन्डिश्वर प्रसाद शर्मा पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी गुल्मीका उपसभापति केशब प्रसाद न्यौपाने हुनुहुन्थ्यो । लघुवित्त समूह आँपचौरकी मिना जी. सी.ले संचालन गर्नुभएको सो कार्यक्रमको स्वागत भाषण शान्तिपुर केन्द्र ब्यबस्थापक सुनिता पुनले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै जुनिँया गाबिस लघुवित्त महिला समुह प्रमुख सुबर्ण शाहीले महिलाका समस्या र यस लघुवित्त कार्यक्रमले परेका प्रभावका साथै यस सँस्थालाई केहि सुझाबहरु पनि दिनुभएको थियो । सो कार्यक्रममा बोल्ने सम्पूर्ण बक्ताहरुले सिवाईसी नेपालले महिलालाई पुर्याएको योगदानको प्रशंशा गरेका थिए । सो अबसरमा शान्तिपुर केन्द्र अन्तर्गतका उत्कृष्ट समुहलाई पुरस्कृत समेत गरियो । यस बर्ष यस केन्द्र अन्तर्गत चक्रेश्वर आत्मनिर्भर महिला समुह शान्तिपुर प्रथम भयो ।
सोहि कार्य क्रममा बोल्दै सस्थाका अध्यक्ष चन्डिश्वर प्रसाद शर्मा पौडेलले मागेर खाने मान्छे कहिले धनि हुन् नसक्ने हुनाले हामीले मागेर खाने सँस्कारको अन्त्य गर्नु पर्ने, यो सँस्थाले महिलाहरुलाई आत्मनिर्भर बनाउदै लगेको र अहिले पुरुष पनि सो कार्यमा आबद्द गर्दै लगेको बताउनु भयो । यो सस्था दरिद्रताको अन्त्य गर्दै समुन्नत समाज निर्माण गर्ने गर्ने अभियानमा लागेको बताउनु भयो । समाजमा माया र भावना नस्ट हुदै गएको हुनाले त्यसको संरक्षणमा समेत सस्था लागि परेको बताउनु भयो । नेपाल पैसाले भन्दा बिचारले गरिब भएको र सो बाट मुक्त हुनु पर्ने बताउनु भयो ।
बाग्लुंग जिल्लाबाट चार तारे युवा क्लब गठन गरि शुरु भएको सो सस्था नेपालको ३० जिल्लामा संचालन भएको छ भने ६ जिल्लामा कार्यालय स्थापना समेत गरि संचालन भएको छ । ३० जिल्लाका ११९ गाबिस र २ नगरपालिकाका महिलालाई सेवा दिदै आएको सो सस्थामा रु. २२६८८ जना सदस्यहरु रहेका छन् । यस क्षेत्रमा सो सस्थाले १ महिलालाई बिना धितो रु. ६०००० सम्म ऋण लगानी गर्दै आएको छ  । रु. ६३,९१ बाट शुरु भएको सँस्थाको पुँजी हाल रु. १,४६,२२,१०२ पुगेको सँस्थाका अध्यक्ष शर्मा पौडेलले जानकारी दिनु भयो

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग